Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का बनेको छ: डा. कोइराला

खबरडबली संवाददाता

मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताएको छन्।

विहीबार सुन्दरहरैंचामा मोरङ क्षेत्र नं. ६ का पार्टी कार्यकर्तासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.कोइरालाले महाधिवेशनको समय आफू मध्यमार्गी भूमिकामा रहेको स्पष्ट पारे। उनका अनुसार पार्टीभित्र मतभेद रहे पनि अधिवेशनपछि सबै पक्ष एक ठाउँमा आएको छ ।

“मिलाउने भूमिकामा बस्ने मान्छेलाई गाह्रो हुन्छ । त्यो बेला न यो पक्षले सुन्छ, न त्यो पक्षले । नोमिनेसनपछि अधिवेशन गरौँ भन्ने प्रस्ताव राखेको थिएँ, तर रोक्न सकिएन,” उनले भने, “अधिवेशन सकिएपछि भने पार्टी एकढिक्का बनेको छ ।”

डा। कोइरालाले पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनले समाजमा चेतना बढाएको उल्लेख गर्दै यसले उठाएका मुद्दा आफूले विगतदेखि नै उठाउँदै आएको बताए। यद्यपि देशको आर्थिक अवस्था भने करिब ५० वर्ष पछाडि धकेलिएको उनको भनाइ छ ।

उनले सबै तहका कांग्रेस कार्यकर्ता र नेताहरूलाई निर्वाचनमा एकताबद्ध भएर होमिन निर्देशन दिए । एकताबद्ध प्रयासबाट मात्रै पार्टीलाई मजबुत बनाउन सकिने र मुलुकलाई सही दिशामा लैजान सकिने उनले उल्लेख गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

खेतमा मजदुरी गर्न गएका थिए, विद्युतीय तारमा परेर ज्यान गुमाए

ढल्केबर। धनुषाधाम नगरपालिका–६, हरिपुरस्थित खेतमा जङ्गली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय बारमा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ ।  ...

सिन्धुली–२ टिकट विवाद : गजुरेलसहितलाई प्रचण्डले बोलाए काठमाडौं

काभ्रेपलान्चोक । सिन्धुली–२ को टिकट विवाद चर्किँदै गएपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारी दिलाउने पक्षका नेताहरूसँग छलफल गर्ने ...

सामाजिक सद्भावलाई भड्काउनेसँग सजग बनौँ : अध्यक्ष ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरूबाट सजग बन्न आग्...

अफ्रिकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

अफ्रीका। अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending