मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताएको छन्।
विहीबार सुन्दरहरैंचामा मोरङ क्षेत्र नं. ६ का पार्टी कार्यकर्तासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.कोइरालाले महाधिवेशनको समय आफू मध्यमार्गी भूमिकामा रहेको स्पष्ट पारे। उनका अनुसार पार्टीभित्र मतभेद रहे पनि अधिवेशनपछि सबै पक्ष एक ठाउँमा आएको छ ।
“मिलाउने भूमिकामा बस्ने मान्छेलाई गाह्रो हुन्छ । त्यो बेला न यो पक्षले सुन्छ, न त्यो पक्षले । नोमिनेसनपछि अधिवेशन गरौँ भन्ने प्रस्ताव राखेको थिएँ, तर रोक्न सकिएन,” उनले भने, “अधिवेशन सकिएपछि भने पार्टी एकढिक्का बनेको छ ।”
डा। कोइरालाले पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनले समाजमा चेतना बढाएको उल्लेख गर्दै यसले उठाएका मुद्दा आफूले विगतदेखि नै उठाउँदै आएको बताए। यद्यपि देशको आर्थिक अवस्था भने करिब ५० वर्ष पछाडि धकेलिएको उनको भनाइ छ ।
उनले सबै तहका कांग्रेस कार्यकर्ता र नेताहरूलाई निर्वाचनमा एकताबद्ध भएर होमिन निर्देशन दिए । एकताबद्ध प्रयासबाट मात्रै पार्टीलाई मजबुत बनाउन सकिने र मुलुकलाई सही दिशामा लैजान सकिने उनले उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...
बैशाख २ गते, २०८३ - १६:५४
काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...
बैशाख २ गते, २०८३ - १६:२५
बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् । रा...


प्रतिकृया लेख्नुहोस्: