Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

खबरडबली संवाददाता

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले रिएक्टर ‘स्थिर’ भए पनि स्टार्टअपका क्रममा अनुगमन प्रणालीले अलार्म बजाएपछि सञ्चालन रोकिएको बताएको छ ।

सन् २०११ को फुकुसिमा प्रकोपपछि बन्द भएको निगाता प्रान्तको यो प्लान्ट बुधबार पुन: सुरु गरिएको थियो, जुन आणविक नियामकबाट अन्तिम स्वीकृति पाएपछि ढिलो सुरु भएको थियो । तर प्रारम्भिक सञ्चालनका क्रममा विद्युतीय उपकरणमा समस्या देखिएपछि रिएक्टरको नियन्त्रण रड फिर्ता राखेर सुरक्षा उपाय अनुसार सञ्चालन रोकिएको टेप्कोले जानकारी दियो ।

रिएक्टर ‘पूर्णरूपमा स्थिर छ र बाहिर कुनै रेडियोधर्मी प्रभाव छैन’ । काशीवाजाकी-कारिवा संयन्त्रलाई विश्वकै सबैभन्दा ठुलो क्षमता भएको प्लान्ट मानिन्छ, तर सात मध्ये केवल एक रिएक्टर पुन: सुरु गरिएको हो । रिएक्टरको नियन्त्रण रडले आणविक शृङ्खलाको प्रतिक्रियालाई नियन्त्रण गर्छन्, जसलाई आवश्यक अनुसार तीव्र वा ढिलो बनाउन वा पूर्णरूपमा रोक्न सकिन्छ ।

सन् २०११ को ठुलो भूकम्प र सुनामीपछि फुकुसिमा तीन रिएक्टर पग्लिएपछि जापानले लामो समयसम्म आणविक ऊर्जा प्लान्ट बन्द राखेको थियो । यद्यपि, ऊर्जा आवश्यकता र सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्यका कारण जापानले विस्तारै आणविक ऊर्जा पुन: सुरु गर्न खोजिरहेको छ ।

निगाता प्रान्तमा सर्वेक्षण अनुसार करिब ६० प्रतिशत बासिन्दाले पुन: सुरुको विरोध गर्दा ३७ प्रतिशतले समर्थन गर्छन् । स्थानीय बासिन्दा ७३ वर्षीय युमिको आबेले भने, “यो टोकियोको बिजुली हो, त्यसो भए यहाँका मानिसलाई किन जोखिममा पार्ने ?” यस महिनाको सुरुमा सात विरोध समूहले ४० हजारको हस्ताक्षर सहित निवेदन पेस गर्दै प्लान्टलाई सक्रिय भूकम्पीय जोनमा राखिएको र सन् २००७ को शक्तिशाली भूकम्पले त्यस क्षेत्रमा प्रभाव पारेको उल्लेख गरेका थिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानद्वारा विश्वको सबैभन्दा ठुलो आणविक संयन्त्र स्थगित

टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...

हेटौँडामा २५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा

हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...

सरकारका प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...

जेनजी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...

रवि लामिछानेविरूद्धको मुद्दा न्यायाधीशले हेर्न मिल्दैन भनेपछि सुनुवाइ सर्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...

नेपाली कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...

मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...

झापा ५ मा सबैभन्दा बढी मतदाता, ५० हजार नयाँ थपिए

झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।   कार्यालयका प्रमुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending