Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निष्कासित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्।

पार्टीको निर्णयविपरीत सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यका लागि महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरूलाई कारबाही गरिएको हो।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि सिन्धुली–२ बाट महेश्वर दाहाल पार्टीको टिकटका आकांक्षी थिए। तर टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

सिन्धुली–२ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ९राजन० रहेका छन्। लेखनाथ दाहालले गत निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

बागी उम्मेदवार महेश्वर दाहाललाई समर्थन गरेको आरोपमा हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन्। पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारक बनेकालाई कार अनुशासनको कारबाहीस्वरूप पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । शनिबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको तथा मधेसी समुदायमाथ...

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

लिस्बन। पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ। उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन...

ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्व...

नेकपाबाट हरिबोल गजुरेलसहित सात जना निष्कासित

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई...

जिम्बाब्वेमा मुसलधारे वर्षा: नौ जनाको मृत्यु, सडक र पुलमा व्यापक क्षति

हारारे। दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार फिलाबुसी...

मधेशबाट कांग्रेसको चुनावी अभियान सुरु, माघ १६ मा जनकपुरमा सभा

काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियान मधेश प्रदेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गर्दै औपचारिक...

रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ...

हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निष्कासित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको निर्णयविपरीत सिन्धुली–२ ...

भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिमा आधारित तथ्य चाहिन्छ: बालेन शाह

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending