Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

अबुधाबी वार्ता: यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास

खबरडबली संवाददाता

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिएको छन् । 

यी वार्ता रूसको करिब चार वर्ष लामो आक्रमण समाप्त गर्ने प्रयासको हिस्सा हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले वार्ता शुक्रबार सुरु भएको र शनिवारसम्म सञ्चालन हुने योजना बनाइएको जानकारी दिएको छ । मन्त्रालयले यसलाई ‘संवाद प्रवद्र्धन र राजनीतिक समाधानको खोजी’ को रूपमा व्याख्या गरेको छ । अमेरिकी प्रशासनले पनि वार्ता सकारात्मक र उत्पादक भएको जनाएको छ ।

वार्ता सुरु हुनु अघि, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुशनरसँग रातभरि विस्तृत छलफल गरे। क्रेमलिनले दीर्घकालीन शान्ति सम्झौता अघि यूक्रेनले पूर्वी क्षेत्रमा रूसले अवैध कब्जा गरेको भूभागबाट आफ्ना सैनिक फिर्ता गर्नु आवश्यक रहेको जनाइरहेको छ ।

राष्ट्रपति जेलेन्स्कीले डाभोसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि भने,“पूर्वी यूक्रेनमा रूसले कब्जा गरेको भूभागको भविष्य अझै स्पष्ट नभए तापनि शान्ति प्रस्ताव ‘लगभग तयार’ भएको छ । यससँग सम्बन्धित व्यापारिक र आर्थिक पहलका लागि पूर्वी यूक्रेनमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव ट्रम्पसँग छलफल भएको पनि उनले जानकारी दिए।”

वार्ता यसअघिसम्म पहिलो पटक भएको हो, जसमा अमेरिकी प्रशासनका अधिकारीले एकै साथ यूक्रेन र रूसका प्रतिनिधिसँग बैठक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा बताए, “हाम्रो प्रतिनिधि टोली वार्तामा नियमित रूपमा रिपोर्ट गरिरहेको छ । उहाँहरुले युद्ध अन्त्यका मापदण्डमा छलफल गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा रूसले यो युद्ध अन्त्य गर्ने इच्छा देखाउनु हो ।”

क्रेमलिनले वार्तालाई केवल ‘सुरक्षा सम्बन्धी कार्य समूह’को रूपमा व्याख्या गरेको छ । प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो ,“यूक्रेनी सैनिकको पूर्वी डोनबासबाट फिर्ता हुनु रूसका लागि दीर्घकालीन शान्ति सम्झौताको अनिवार्य शर्त हो ।” रूसका परराष्ट्र सल्लाहकार युरी उषाकोभले वार्ता ‘खुला, रचनात्मक र फलदायी’ भएको बताए।

वार्ताका केही घण्टा अघि, राष्ट्रपति जेलेन्स्की डाभोसमा राष्ट्रपति ट्रम्पसँग करिब एक घण्टा भेट्नुभयो । ट्रम्पले भने, “दुवै राष्ट्रपति(पुटिन र जेलेन्स्की(सम्झौता गर्न इच्छुक छन् र सबै पक्षले केही न केही सहमति दिइरहेका छन् ।” उनले सीमाको निर्धारण वार्ताको मुख्य चुनौती रहेको पनि औँल्याए।

डाभोसमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युरोपलाई ढिलो निर्णय लिनु, सुरक्षा खर्च पर्याप्त नगर्नु, रूसको ‘छायाँ तेल जहाज’ रोक्न असफल हुनु यूक्रेनलाई आर्थिक सहयोग नगर्नु जस्ता विषयमा आफ्नो विचार व्यक्त गरे। उनले भने, “युरोपले आफ्नो क्षमता अझ सुदृढ गर्न आवश्यक छ र विश्वशक्तिको रूपमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्छ ।” उनले थपे, वार्ता केवल यूक्रेनको इच्छा मात्रमा निर्भर छैन, रूसले पनि युद्ध अन्त्य गर्ने इच्छा देखाउन आवश्यक छ, जसले दुवै पक्षबिच स्थायी शान्ति स्थापना गर्न सहयोग पुग्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन्। शनिबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली...

अमेरिकामा हिउँदे आँधीको असर: लाखौं परिवार प्रभावित हुने सम्भावना

एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तता...

नेकपाको रञ्जित तामाङ जिताउन ५ सय ५५ सदस्यीय निर्वाचन समिति गठन

दमक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार रञ्जित तामाङको जीत सुनिश्चित गर्न ५५५ सदस्यीय मूल निर्वाचन परिचालन...

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्...

अबुधाबी वार्ता: यूक्रेन-रूस-अमेरिका तीन दलीय शान्ति प्रयास

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई ...

महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । शनिबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको तथा मधेसी समुदायमाथ...

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

लिस्बन। पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ। उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन...

ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending