न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो । इजलासले अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेको भन्दै अभियोगपत्र संशोधन गरिएको दाबी गरिएको अवस्थामा, त्यससँग सम्बन्धित सम्पूर्ण कागजात महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
आदेशमा भनिएको छ, “महान्यायाधिवक्तासमेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेकाले अभियोगपत्र संशोधन गरिएको भन्ने जिकिर लिएको हुँदा, सो सम्बन्धमा फेला परेका थप प्रमाण तथा कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपछि नियमअनुसार अन्तरिम आदेशका लागि पेश गर्नुहोला।”
यसअघि माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले पनि महान्यायाधिवक्ता कार्यालयले गएको पुस ३० गते गरेको अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको सक्कलप्रति झिकाउन आदेश दिएको थियो ।
रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो । तर महान्यायाधिवक्ता कार्यालयले पछि उक्त मुद्दा संशोधन गर्दै लामिछानेसहित सहकारी ठगी प्रकरणका अन्य प्रतिवादीहरूलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपबाट फिर्ता लिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध नेपाल बार एसोसिएसन, विभिन्न मानव अधिकार सङ्घसंस्था तथा नागरिक समाजले विरोध जनाउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - ०९:२०
काठमाडौँ । दल र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त रहँदा प्रधानमन्त्रीका दावेदारबीच सार्वजनिक बहस आवश्यक छ कि छैन भन्ने बहस भने सामाजिक सञ्जालमा चर्क...
माघ १३ गते, २०८२ - ०९:१३
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...
माघ १३ गते, २०८२ - ०९:११
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ...
माघ १३ गते, २०८२ - ०९:१०
कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा
माघ १३ गते, २०८२ - ०८:५५
घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः
माघ १३ गते, २०८२ - ०८:४७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका ...
माघ १३ गते, २०८२ - ०८:४३
काठमाडौँ। अमेरिकामा आएको भीषण हिमआँधीले आधुनिक पूर्वाधारमाथि गम्भीर परीक्षा लिएको छ। आइतबारदेखि देशका २० वटा राज्य र राजधानी वासिङ्टन डीसी आपत्कालको अ...
माघ १३ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा ...
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपुरबाट ...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...




प्रतिकृया लेख्नुहोस्: