काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाबबीच १४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमै सीमित भयो । स्कटल्यान्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल मैदान उत्रनेछ ।
नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरे पनि अन्त्यतिर लय कायम राख्न सकेन । पावरप्लेमै ३ विकेट लिँदै स्कटल्यान्डलाई ७९ रनमा ६ विकेटको अवस्थामा पुर्याएको नेपालविरुद्ध स्कटल्यान्डले मध्य र अन्तिम ओभरमा पुनरागमन गर्यो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाउँदै शीर्ष स्कोरर रहिन् । अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रनको योगदान दिइन् ।
नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् । कप्तान रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट हात पारिन् ।
सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न नेपालका लागि आजको खेल जित अनिवार्य रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १६:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...
फाल्गुन ७ गते, २०८२ - १६:२४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...
फाल्गुन ७ गते, २०८२ - १६:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:२४
सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलमा बस्ने १५ वर्षीय आक...
फाल्गुन ७ गते, २०८२ - १५:१६
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णाली प्रदेशको पीडा र आवश्यकता बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभाला...
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...



प्रतिकृया लेख्नुहोस्: