Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

खबरडबली संवाददाता

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । 

आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ । आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय ९केही दिन०सम्म प्रभावित हुन सक्ने बताइएको छ । 

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ । न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबिच पाँच जना मृत फेला परेको बताएको छन् । यद्यपि, उनले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गरेनन् । उनले पत्रकारसँग भने, “यस पहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन ।”

टेक्सासमा हिउमा चिप्लिएर खेल्ने खेल (स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । लुइजियानामा अत्यधिक चिसो ९हाइपोथर्मिया०का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहक विद्युतको सेवाबाट बञ्चित भएको उल्लेख गरिएको छ । लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् । 

अमेरिकाको सङ्घीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । वाशिङ्गटनका बासिन्दा विहान उठ्दा फुटपाथ र सडकमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् । संघीय कार्यालय सोमबारका लागि अघिल्लो दिनको मौसमी खराबी सम्बन्धी सूचनापछि बन्द गरिएको छ ।

वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडान रद्द भएका छन् । शनिबारदेखि देशभित्र आउने र बाहिर जाने १९ हजारभन्दा बढी उडान रद्द भएका बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भन्नुभएको छ, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यसँग निगरानी र सम्पर्कमा रहने छौँ । सुरक्षित र न्यानो रहनुहोस् !”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...

पाँच वर्षमा १५ लाख रोजगारी दिने कांग्रेसको योजना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...

यस्तो छ रास्वपाको चुनावी वाचापत्र (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...

प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ, डिबेटमा नजाने कुरा गलत व्याख्या: रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...

कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने बालेन शाहको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...

जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...

सर्लाहीमा पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलमा बस्ने १५ वर्षीय आक...

कर्णालीको गहिराइ बुझ्ने पार्टी रास्वपा हो, हामी कर्णालीको उत्पादनलाई विश्वभर पुर्‍याउन चाहन्छ: बालेन शाह

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णाली प्रदेशको पीडा र आवश्यकता बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभाला...

यो देश पुस्ताहरूबीचको द्वन्द्वले बन्ने होइन: ओली

भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE