Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

खबरडबली संवाददाता

मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उहाँ ६६ वर्षका हुनुहुन्थ्यो। बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ गइरहेको चार्टर्ड विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।

प्रारम्भिक जानकारी अनुसार अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा अजित पवारसहित उहाँका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासमेत गरी कुल पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले दुर्घटनामा पाँच जनाको ज्यान गएको आधिकारिक रूपमा पुष्टि गरेको छ। यसअघि केही सञ्चारमाध्यममा छ जनाको मृत्यु भएको उल्लेख भए पनि पछिल्लो विवरणअनुसार मृतक संख्या पाँच रहेको जनाइएको छ।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको प्रचारका क्रममा चारवटा चुनावी सभालाई सम्बोधन गर्न बारामती जाँदै हुनुहुन्थ्यो। दुर्घटनाको समयमा एनसीपी अध्यक्ष शरद पवार र सांसद सुप्रिया सुले भने दिल्लीमा रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनका लागि थोरैमा १२ समिति गठन गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ । नि...

डडेल्धुरामा सातामा दुई पटक हिमपात, बालीलाई निकै लाभ

डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...

जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ निर्वाचनमा कांग्रेसको नीति

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...

सुनको मूल्य तीन लाख १८ हजार आठ सय पुग्यो

काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्...

महोत्तरीमा जेनजीको राजनीतिक प्रवेश, आठ युवा उम्मेदवार

महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेक...

तीन गुण बढी कैदीबन्दी मतदानमा सहभागि हुने

सप्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छ...

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उहाँ ६६ वर्षका हुनुहुन्थ्यो। बिहान करिब ८:४५ बजे मुम्बईबाट...

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ। मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्ष...

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थ...

एक दशकपछि नेकपाका मतदाताले आफ्नै चिन्हमा मतदान गर्दै

धनकुटा। नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending