Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जाजरकोटको चुनावः ‘एकछत्र शक्ति’ विरुद्ध बनेको मौन गठजोड

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटको चुनाव यसपटक उम्मेदवारहरूको मात्र प्रतिस्पर्धा होइन, ‘प्रभाव’ विरुद्ध ‘प्रतिक्रिया’ को भिडन्त जस्तो देखिएको छ। वर्षौँदेखि एउटै अनुहारले प्रतिनिधित्व गरेको जिल्लामा अहिले प्रश्न उठिरहेको छ—इतिका वर्ष सत्ताको केन्द्रमा रहेर पनि जाजरकोट किन उही ठाउँमा छ?

माघ ८ गते खलङ्गामा आयोजित उम्मेदवार बहसमा एक असामान्य दृश्य देखियो। माओवादी (हाल नेकपा) का जिल्ला कमिटी सदस्य प्रेम गौतमले आफ्नै पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतमाथि सार्वजनिक रूपमा प्रश्न तेर्स्याए। “पटक–पटक जितायौँ, मन्त्री बनायौँ, तर जाजरकोटमा खोइ त प्रगति?” उनको प्रश्नले हलभित्र मात्र होइन, बाहिरसम्म चर्चा पायो।

पुल नबनेको आक्रोश, गाउँलेको ‘नो एन्ट्री’

नलगाड–५ सिर्केका युवाहरूले केही दिनअघि उम्मेदवारहरूलाई गाउँ प्रवेशमै रोक लगाए। कारण चार वर्षदेखि अलपत्र पुल। २०७८ मा सम्झौता भएको पुल २०८२ साउनसम्म सक्ने लक्ष्य थियो, तर काम अघि बढेको छैन। जीर्ण झोलुङ्गे पुलबाट हिँड्दा तीन जनाले ज्यान गुमाइसकेको स्थानीय दाबी छ।

युवाहरूले प्रेस विज्ञप्ति नै निकालेर ‘एजेन्डा देखाएर जित्ने, जितेपछि बिर्सिने’ प्रवृत्तिविरुद्ध असन्तोष पोखेका छन्। यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि जाजरकोटको विकास बहस चुनावी केन्द्रबिन्दु बनेको छ।

सत्ताको उचाइ, जिल्लाको अवस्था

वन, ऊर्जा, गृह मन्त्रालय सम्हालिसकेका बस्नेत लामो समय ऊर्जामन्त्री रहे। तर जाजरकोटमा विद्युतीकरण अझै करिब २६ प्रतिशतमा सीमित रहेको तथ्य बारम्बार उठाइन्छ। २०८० कात्तिकको भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षित पहल नदेखिएको गुनासो पनि छ।

चुनावी तथ्याङ्कले पनि फरक कथा भन्छ। २०७९ मा बस्नेत प्रत्यक्षतर्फ जिते पनि समानुपातिक मतमा माओवादी तेस्रो थियो—कांग्रेस पहिलो, एमाले दोस्रो। अघिल्लो चुनावमा कांग्रेसको समर्थन निर्णायक भएको विश्लेषण स्थानीय स्तरमै सुनिन्छ।

‘ब्रेक डाउन’ को रणनीति

यसपटक कांग्रेस र एमाले दुवैको लक्ष्य एउटै देखिन्छ—बस्नेतको निरन्तर वर्चस्व तोड्ने। कांग्रेसबाट खड्कबहादुर बुढा उम्मेदवार छन्, जो पश्चिम जाजरकोटका हुन्। ऐतिहासिक रूपमा पश्चिम भूगोलबाट कमै नेता जितेका छन्, तर यही ‘सहानुभूति भूगोल’ कांग्रेसको बल बन्न सक्ने आँकलन छ।

एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार छन्। यद्यपि एमालेभित्रै युवा नेता निरज आचार्यलाई टिकट नदिएको चर्चा छ, जसले अघिल्लो चुनावमा बस्नेतसँग कडा प्रतिस्पर्धा गरेका थिए।

पार्टीभित्रै असन्तोष

बस्नेतलाई टिकट दिइएको विषयमा नेकपाभित्रै विवाद छ। गणेश सिंहलगायत केही नेताले पार्टी छाडेका छन्। बस्नेतले सुरुवातमा उम्मेदवार नबन्ने संकेत गरे पनि अन्ततः शीर्ष नेतृत्वले टिकट दिएको बताइन्छ।

जाजरकोटको चुनावी इतिहास र वर्तमान

२०४८ देखि २०५६ सम्म एमाले–कांग्रेस प्रतिस्पर्धाको जिल्ला मानिएको जाजरकोट शान्ति प्रक्रियापछि माओवादी प्रभाव क्षेत्रमा परिणत भयो। राज्य पुनर्संरचनापछि एउटै निर्वाचन क्षेत्र बनेको जाजरकोटमा २०७४ र २०७९ दुवै चुनाव बस्नेतले जिते।

तर स्थानीय तहको नतिजा फरक संकेत दिन्छ। ७ स्थानीय तहमध्ये माओवादीले जितेको नलगाड मात्रै हो। बाँकी एमाले र कांग्रेसको पकडमा छन्।

मतदाता कहाँ छन्?

जाजरकोटमा १ लाख ७ हजारभन्दा बढी मतदाता छन् । तर वैदेशिक रोजगारीका कारण करिब ६० प्रतिशत मात्रै मत खस्ने अनुमान छ । कम मत प्रतिशतले संगठित मत र स्थानीय असन्तोषको प्रभाव बढाउने आँकलन गरिएको छ।

जाजरकोटको चुनाव यसपटक केवल दलबीचको प्रतिस्पर्धा होइन। यो लामो समयदेखि स्थापित प्रभावविरुद्ध उभिएको स्थानीय असन्तोष, भूगोल, तथ्याङ्क र रणनीतिक गणितको मिश्रण हो। अन्तमा प्रश्न एउटै छ, के जाजरकोटले यसपटक ‘शक्तिको शक्ति’ मा ब्रेक लगाउनेछ, वा पुरानै प्रभावले निरन्तरता पाउनेछ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending