झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा स्पष्टीकरण दिएका छन्। उनले काठमाडौंमा गरिएको कदमलाई ‘बाढीको जोखिमबाट जोगाउने आपतकालीन उपाय’ भन्दै झापामा त्यस्तो अवस्था नरहेको दाबी गरे।
मंगलबार कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा स्थानीयसँग संवाद गर्दै साहले भने, “काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन।” मतदाताको प्रत्यक्ष जिज्ञासामा आएको यो प्रतिक्रिया उनको अघिल्लो निर्णयको प्रतिरक्षाजस्तै सुनियो।
साहले खोलाछेउका बस्तीलाई जोखिम क्षेत्रका रूपमा व्याख्या गर्दै, खोलाभन्दा टाढा रहेका सुकुम्बासीको हकमा भने व्यवस्थित समाधान खोजिनुपर्ने धारणा राखे। “खोलाछेउ बाहेकका सुकुम्बासीको लगत भूमि आयोगमार्फत संकलन गरी, स्थानीय तहको सिफारिसमा लालपुर्जा दिनुपर्छ,” उनले भने।
उनले भूमि आयोगको कामकारबाहीमा राजनीतिक पहुँचका आधारमा हुने विभेदको पनि आलोचना गरे। प्रणाली सुधार नगरेसम्म वास्तविक सुकुम्बासीले न्याय नपाउने उनको तर्क थियो।
काठमाडौंमा डोजर प्रयोगबारे उठेका प्रश्नसँगै झापाको भेटघाटमा आएको यो अभिव्यक्तिले सुकुम्बासी समस्या, बस्ती व्यवस्थापन र राज्यको भूमिकाबारे बहसलाई फेरि तातेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: