Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

खपत बढेपछि ग्यास आपूर्ति बढाउँदै निगम

खबरडबली संवाददाता

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भारतबाट पर्याप्त एलपी ग्यास ल्याइएकाले अब अभाव नहुने निगमले जनाएको हो । 

करिब १० दिन ग्यास अभाव भए पनि अब त्यो समस्या नरहेको निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले बताए । ‘उपत्यकामा नेपाल ग्यास र एभरेस्ट ग्यासका उपभोक्ता धेरै छन्, निगममार्फत भारतबाट आयात गरिएको ग्यास ठूलो परिमाणमा ती उद्योगले लान्छन्,’ उनले

भने, ‘अहिले चिसो मौसम छ, जसले गर्दा खपत पनि बढी हुने गरेको छ ।’ धेरै उपभोक्ता भएका उद्योगको ग्यास अभाव भएको उनले बताए ।

‘एलपीजी भारतबाट आउने हो, ती ठाउँबाट लोड हुन समय लाग्यो, आएको ग्यासको रुजु गर्न एक/दुई दिन थप समय लाग्दा खाली सिलिन्डरमा भर्न ढिलाइ भएको हो,’ उनले भने, ‘१२ माघमा भारतको गणतन्त्र दिवस परेको र आइतबार ग्यास ल्याउने रिफाइनरी तथा बोटलिङ प्लान्टहरू बन्द हुने हुँदा त्यसको असर नेपालमा परेको हो ।’

ग्यास अभाव भएपछि लुकाएको आशंकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आयल निगमले संयुक्त अनुगमन गरिरहे पनि ठूलो मात्रामा ग्यास मौज्दात राखेको नपाइएको उनले बताए ।

तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटका रामकृष्ण खड्काले नमस्ते ग्यास बिक्री गर्दै आएका छन् । उनले एक महिनाअघि सिलिन्डर भर्न उद्योगमा पठाए पनि अहिलेसम्म नआएको बताए । ‘ग्यास अभाव भएको त महिना दिन हुन लाग्यो,’ उनले भने, ‘बुझ्दा अब समस्या हुँदैन भन्ने जानकारी पाएका छौं ।’

आयल निगमले देशभर रहेका ६० उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको जनाएको छ । अहिले मासिक रूपमा भारतबाट ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । यो भनेको ४ सय ९५ लाख केजी हो । ‘दैनिक ८५ देखि ९० वटा बुलेट (ग्यास बोक्ने ट्यांकर) भारतबाट ग्यास लिएर आउने गर्छन्,’ प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘अघिल्लो मंगलबार १ सय ३८ वटा ग्यास बोकेका बुलेट आइसकेका छन् ।’

उनका अनुसार बुधबार १ सय ५, बिहीबार ९०, शुक्रबार ७८ र शनिबार १ सय १८ वटा ग्यास बुलेट आएका छन् । ‘हामीलाई प्रतिदिन ८५ देखि ९० वटा ग्यास बुलेट आवश्यक हो,’ उनले भने, ‘प्रत्येक दिन औसतमा ७० देखि १ सय वटासम्म ग्यास बोकेका बुलेट आइरहेका छन् ।’ भारतका पाँच ठाउँबाट ग्यास आउने गरेको छ । सबैभन्दा बढी भारतको बरौनी रिफाइनरीबाट आउने गरेको छ । त्यसपछि मथुरा, दुर्गापुर, पारादिप र हल्दियाबाट ग्यास आउने गरेको छ । एउटा बुलेटले १८ मेट्रिक टन ग्यास बोक्छ । उक्त परिमाणको ग्यास १२ सय सिलिन्डर भर्न मिल्छ । निगमका अनुसार अहिले भारतबाट प्रतिदिन २० करोड ३४ लाख रुपैयाँको एलपीजी आयात हुने गरेको छ ।

केही ठूला उद्योगमा ग्यास अभाव देखिनेबित्तिकै उपभोक्ताले बढी सिलिन्डर खपत गर्ने गरेको निगमको भनाइ छ । ‘एउटै घरमा चार/पाँच वटासम्म यसरी सिलिन्डर राखिन्छ, उपभोक्तालाई यस्तो नगर्न अपिल गरिसकेका छौं,’ उनले भने, ‘ठूला ग्यास विक्रेताकामा गएर अनुगमन गर्ने काम निरन्तर भइरहेको छ ।’

निर्वाचनलाई लक्ष्य गर्दै त्यो बेला बढी मूल्यमा बिक्री हुन्छ भनेर ग्यास लुकाइएको आशंकामा अनुगमन भइरहेको भट्टले जानकारी दिए । ‘अनुगमनका क्रममा अहिलेसम्म त्यस्तो केही पाएका छैनौं,’ उनले भने, ‘काठमाडौं उपत्यकामा मात्र ग्यासको समस्या देखिएको हो, अहिले समाधान भइसकेको छ ।’ देशभर रहेका ६० उद्योगले प्रतिदिन ५ सयदेखि २४ सय मेट्रिक टन ग्यास खपत गर्ने गरेका छन् । प्रत्येक वर्ष एलपीजीको खपत ८ देखि १० प्रतिशतले बढ्दै गएको निगमको तथ्यांक छ ।

सुरुमा केही समय ग्यास अभाव भए पनि बिस्तारै सहज हुँदै जाने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताए । ‘यो समस्या १५/२० दिन अघिदेखि नै थियो,’ उनले भने, ‘अहिले ग्यास बोकेका बुलेट आइरहेका छन्, खाली सिलिन्डर भर्ने काम भइरहेको छ ।’ नेपाल ग्यासको उपभोक्ता धेरै भएकाले समयमै भारतबाट ग्यास बुलेट नआउँदा अभाव भएको उनले सुनाए । ‘केही दिनभित्रमै ग्यासको समस्या समाधान भइसक्छ, नेपाल ग्यासले एक सातादेखि १० हजार सिलिन्डर बजारमा पठाएको छ,’ उनले भने, ‘उपत्यकामा २० उद्योगले ग्यास भरेर सिलिन्डर बिक्री गर्दै आएका छन् ।’

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतबाट थप दुई हजार मेट्रिक टन ग्यास ल्याइने भएको छ । आइतबार यसबारे निर्णय गरेर माग गरिसकिएको निगमले जनायो । ‘निर्वाचनका बेला बढी खपत हुन सक्ला, अभाव सिर्जना नहोस् भनेर थप दुई हजार मेट्रिक टन ग्यास माग गरेका छौं,’ निगमका प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘यो चाहिनेभन्दा बढी परिमाण हो तर त्यो बेला अभाव नहोस् र बढी खपत होस् भनेर माग गरेका हौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टि-२० विश्वकप : वेस्ट इण्डिजसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

आजै भारत र पाकिस्तान पनि श्रीलंकामा भिड्ने

प्रहरीको आग्रह- पशुपति जाँदा गरगहना नलगाउनू

काठमाडौं । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको...

कांग्रेसले आज प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजन...

आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिका चार ढोका खुला

सवारी पार्किङका लागि यी स्थानमा व्यवस्था

उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बा...

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पीडितः राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत् गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् क...

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख ...

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अली...

महाशिवरात्रि- पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भन...

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE