Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

सामाजिक सुरक्षा कोषको पहलमा श्रमिकको आश्रित परिवारले पायो २० लाखभन्दा बढी आर्थिक सहायता

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नगराइएका श्रमिकको निधनपछि उनका आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाखभन्दा बढी आर्थिक सहायता दिलाएको छ।

वीरगन्जस्थित एक टेक्सटाइल व्यापार कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि उनका आश्रित परिवारले पाउनुपर्ने सबै सुविधा वापत २० लाख ४३ हजार ६४५ रुपैयाँ रकम भुक्तानी गराइएको हो। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बुधबार मृतककी श्रीमती उमादेवी साहलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्।

श्रमिक कानुको २०७९ साउन २७ गते मृत्यु भएको थियो। उनी कार्यरत कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएकाले प्रारम्भमा उनका आश्रित परिवार सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएका थिए। त्यसपछि पीडित पक्षका तर्फबाट मृतककी श्रीमती उमादेवी साहले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइदिन कोषमा निवेदन दिएकी थिइन्।

कोषले २०७९ मंसिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो। रोजगारदाता र पीडित पक्षबीच मिलापत्र हुन नसकेपछि कोषले कानुनी प्रक्रियाअनुसार आश्रित परिवार सुविधाबापतको रकम उपलब्ध गराउन रोजगारदातालाई आदेश दिएको थियो।

कोषको आदेशप्रति असन्तुष्ट हुँदै रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेको भए पनि २०८० चैत १२ गते उच्च अदालतले कोषको फैसलालाई सदर गरेको थियो। त्यसपछि रोजगारदाता सर्वोच्च अदालत पुगे पनि सर्वोच्च अदालतले समेत कोषकै फैसलालाई सदर गरेको थियो।

अदालती प्रक्रिया टुंगिएपछि गत मंसिर २८ गते कोषले रोजगारदाताको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। आश्रित परिवारले पाउने सम्पूर्ण रकम भुक्तानी गरेपछि मात्र उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदाताले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएको अवस्थामा पनि श्रमिकको निधनपछि आश्रित परिवारलाई सुविधाबाट वञ्चित हुन नदिन कोषसँग स्पष्ट कानुनी अधिकार रहेको बताए।

कोषका अनुसार हालसम्म औपचारिक क्षेत्रका ६ लाख ७३ हजार र वैदेशिक रोजगार क्षेत्रका २१ लाख ६ हजार गरी कुल २७ लाख ८१ हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन्। कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending