काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चालनको तयारीस्वरूप सोमबार अध्यक्ष मीनबहादुर गुरुङले पूजाआजा गरेका छन्।
यसअघि राजावादी आन्दोलनका क्रममा पनि उक्त स्टोरमा लुटपाट र तोडफोड भएको थियो। त्यसबेला भने भोलिपल्टै स्टोर सञ्चालनमा ल्याइएको थियो।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पाणु पौडेलका अनुसार कोटेश्वरसँगै महाराजगञ्जस्थित स्टोर पनि करिब दुई हप्तापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अन्य स्टोरहरू पनि पुनर्निर्माणपछि क्रमशः सञ्चालनमा आउने उनले जानकारी दिए। आन्दोलनको तीन महिनापछि बालुवाटारस्थित मुख्य गोदाम भने यसअघि नै सञ्चालनमा ल्याइसकिएको छ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशभर रहेका २८ स्टोरमध्ये २१ स्टोरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। जसमा १२ स्टोर पूर्णरूपमा जलेका थिए भने नौ स्टोरमा आंशिक क्षति पुगेको थियो।
आगलागी र तोडफोडबाट भाटभटेनीका २१ स्टोरमा करिब १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ। त्यसमध्ये १२ पूर्ण क्षति र नौ आंशिक क्षति भएका स्टोरमा संरचनागत क्षति करिब ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबर रहेको छ। पूर्णरूपमा जलेका सामग्रीको मूल्य करिब ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ रहेको छ भने तोडफोड र लुटपाटबाट करिब ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
यसअघि प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले स्टोरहरू ‘टार्गेट’ गरिएको उल्लेख गर्दै भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने र दसैं बोनस पूरा महिनाको उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: