सल्यान। निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन प्रचारप्रसार बैँक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ बमोजिम आम्दानी तथा खर्चको विवरण बैँक खातामार्फत नै गर्नुपर्ने भएपछि उम्मेदवारहरूलाई औपचारिक रूपमा जानकारी गराइएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख धिरेन्द्र भण्डारीका अनुसार राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेकाहरू तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन खर्चको पारदर्शिता कायम गर्न अनिवार्य रूपमा बैँक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन बिहीबार पत्राचार गरिएको हो । आयोगको माघ २० गतेको बैठकबाट कार्यविधि स्वीकृत भएपछि यस विषयमा आयोगसँग अन्तरक्रिया समेत भइसकेको उनले जानकारी दिए। सल्यानमा १२ जना राजनीतिक दलका र दुई जना स्वतन्त्र गरेर १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबिच आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै सल्यानका ८३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवक छनोट प्रक्रिया अगाडि बढाउँदै स्थानीय तहहरूलाई सिफारिसका लागि पत्राचार गरिसकेको जनाएको छ ।
जिल्लाका ८३ वटै वडामा एक एक जनाको दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने छ । महिला स्वास्थ्य स्वयंसेविका, बाल विकास सहजकर्ता वा यसअघिका निर्वाचनमा काम गरेका र न्यूनतम एसइई उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान प्रक्रिया, मताधिकारको महत्त्व, गोप्य मतदानको अभ्यास तथा निर्वाचन आचारसंहितासम्बन्धी जानकारी दिइने छ । यसले मतदाता सहभागिता वृद्धि गर्नुका साथै सचेत र जिम्मेवार मतदान संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १४:२५
काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभा...
माघ २४ गते, २०८२ - १४:१२
काठमाडौं। पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट मागेपछि उनलाई कार...
माघ २४ गते, २०८२ - १४:०६
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्व...
माघ २४ गते, २०८२ - १३:५५
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज...
माघ २४ गते, २०८२ - १३:४८
काठमाडौं। सरकारका नेता तथा ‘राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं काठमाडौंको दक्षिणकाली नगरपालिक...
माघ २४ गते, २०८२ - १३:४२
काठमाडौं। काठमाडौंमा बुधबार राति प्रहरीले गोली चलाएर प्रेम थारु (पटके)लाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट न...
माघ २४ गते, २०८२ - १३:२९
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्...
माघ २४ गते, २०८२ - १३:०८
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको अवस्थामा पुगेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बत...
माघ २४ गते, २०८२ - १२:४५
खोटाङ। जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । बराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङ...
माघ २४ गते, २०८२ - १२:३९
सल्यान। निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ । निर्वाचन आयोगले जारी...



प्रतिकृया लेख्नुहोस्: