काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन गर्दै नेकपालाई नै सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको बताएका छन्।
पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले भने, “आजकल ‘नयाँ–नयाँ’ भनेर हल्ला गरिएको छ, तर हामीभन्दा नयाँ अरु कोही छैन। नेपाली कम्युनिस्ट पार्टी नै गणतन्त्र, संघीयता र पहिचानको बहाक भएकाले सबैभन्दा नयाँ शक्ति हो।”
उक्त कार्यक्रममा प्रचण्डले युवा नेता माधव सापकोटा ‘सुबोध’को प्रशंसा गर्दै पछिल्लो तीन वर्षमा सदनमा गलत प्रवृत्तिविरुद्ध उनले खेलेको भूमिका उल्लेख गरे। “मैले आशा गरेका केही युवामध्ये माधव सापकोटा एक हुन्। अब उहाँलाई के बनाउनु पर्छ, मैले सोचिसकेको छु,” उनले भने।
प्रचण्डले नेकपा असाधारण राष्ट्रिय परिस्थितिमा विभिन्न शक्ति र समूहलाई एकताबद्ध गरेर निर्माण गरिएको पार्टी भएको उल्लेख गर्दै २६ वटा समूह र पार्टीहरू समाहित भएको जानकारी दिए। एमालेबाट समेत प्रवेशको लहर देखिएको उनको भनाइ थियो।
सिन्धुपाल्चोक जिल्ला पार्टीका लागि ऐतिहासिक र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले त्यहाँका जनतासँग सुख–दुःखमा सहकार्य गर्ने अवसर पाएको स्मरण गरे।
कार्यक्रममा नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: