हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला, निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन तथा घरदैलो अभियान सञ्चालन गर्दै नेकपाले संगठित राजनीतिक हस्तक्षेपको संकेत दिएको छ।
क्षेत्र नम्बर–१ बाट नेकपाका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यसहित तीनवटै वडामा एकैदिन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, सामाजिक अगुवा तथा प्रभावशाली व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यससँगै विभिन्न टोल र बस्तीमा घरदैलो अभियान पनि एकसाथ सञ्चालन गरिएको नेकपाले जनाएको छ।
उम्मेदवार विजय गौतमले स्थानीय सामाजिक अगुवा र प्रभावशाली व्यक्तित्वहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी रणनीति, संगठन विस्तार र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा गहिरो छलफल भएको जानकारी दिए। उनका अनुसार अभियान अब औपचारिक प्रचारमा सीमित नरही जनतासँग प्रत्यक्ष संवाद र मुद्दा केन्द्रित बहसतर्फ केन्द्रित हुँदै गएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको उल्लेख गर्दै अब निर्णायक राजनीतिक हस्तक्षेप अपरिहार्य भइसकेको बताए।
“यो चुनाव कुनै एक व्यक्ति, पद वा दलका लागि मात्र होइन,” उनले भने, “यो सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने कि पुरानै कुशासन र सम्झौतावादी राजनीतिलाई निरन्तरता दिने भन्ने जनताको फैसला हो।”
उनले हेटौडा र मकवानपुरमा विकासका अधुरा योजना, बेरोजगारीको समस्या, युवापुस्ताको भविष्य र जनताको जीवनस्तरसँग जोडिएका सवाललाई प्राथमिकतामा राखेर संसद्मा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
“जनताले वर्षौंदेखि भाषण र आश्वासन मात्रै सुन्दै आएका छन्,” उनले भने, “अब परिणाम देखिने कामको समय आएको छ। म जनतासँगै रहेर, जनताकै समस्या बोकेर संसद्मा हस्तक्षेप गर्नेछु।”
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, बालकृष्ण चौलागाईं, केदारनाथ दुलाल, धनप्रसाद गौतम, ध्रुव भुजेल, बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माधव तिमल्सिना, तीर्थ थापा मगर, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याललगायत नेताहरूले सम्बोधन गरेका थिए।
वक्ताहरूले वर्तमान व्यवस्था स्थापनामा निर्णायक भूमिका खेलेको नेकपा आज त्यसको रक्षा, सुधार र पुनर्संरचनाको अग्रपंक्तिमा रहेको दाबी गर्दै मुलुकलाई सुशासन, विकास र सामाजिक न्यायको दिशामा अघि बढाउन विजय गौतमको जित आवश्यक रहेको बताए। उनीहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा नेकपाले मात्रै जनताको अपेक्षा पूरा गर्न सक्ने दाबी पनि गरे।
कार्यक्रमको अध्यक्षता नारायणलाल श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य बैकुण्ठप्रसाद सापकोटाले राखेका थिए। वडा नम्बर ९ मा सम्पन्न कार्यक्रम वडा संयोजक सूर्यबहादुर स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।
तीन वडामा एकैदिन सम्पन्न अगुवा कार्यकर्ता भेला, प्रचार कार्यालय उद्घाटन, घरदैलो अभियान तथा सामाजिक अगुवासँगको भेटघाटले हेटौडामा नेकपाको चुनावी अभियान संगठित, आक्रामक र निर्णायक चरणमा प्रवेश गरेको संकेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: