काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको दूरी घटाउनु रहेको बताएका छन्।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न पेसा, व्यवसाय र व्यापारमा संलग्न सर्लाही–४ का मतदातासँग आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मधेस नबुझी राष्ट्रिय नेतृत्व सम्भव नहुने बताए।
थापाले भने, “मेरो परिवार पहाडबाट काठमाडौं आएको हो। आमाबाट पहाड बुझेँ, काठमाडौंमा हुर्किएँ र सहर बुझेँ। अब पार्टी सभापति भइसकेपछि कांग्रेसलाई अघि बढाउन र राष्ट्रिय नेतृत्व गर्न मधेसलाई नजिकबाट बुझ्न आवश्यक ठानेर सर्लाही आएको हुँ। काठमाडौंले मधेसलाई अझै सतही रूपमा चिनेको छ। आगामी पाँच वर्षमा काठमाडौंलाई मधेसको महत्व बुझाउने काम गर्नेछु।”
उनले आगामी पाँच वर्षमा योजनाबद्ध ढंगले काम गर्दै सर्लाही–४ का नागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए। शिक्षा, स्वास्थ्य, प्रविधि र कृषिलगायत क्षेत्रको अध्ययन गर्न टोली खटाइएको र त्यसका आधारमा आवश्यकतामुखी कार्यक्रम अघि बढाइने उनले बताए।
“जसरी काठमाडौं–४ का बासिन्दाले मलाई त्यहीँ चुनाव लड्न आग्रह गर्नुहुन्थ्यो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,” थापाले भने।
आफ्नो अनुभव, ज्ञान र नेटवर्क प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा काम गर्ने योजना रहेको उल्लेख गर्दै उनले क्रमशः स्थानीय समस्या समाधानतर्फ ठोस प्रगति हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: