चितवन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आवश्यक रहेको बताएका छन्।
सोमबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको नेपालमा विकास निर्माणका काम २४ घण्टा सञ्चालन गर्नुपर्ने धारणा राखे। “धनी देशहरू राति पनि काम गर्छन्, नेपालमा राति सुत्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने, “८–८ घण्टाका तीन सिफ्टमा काम गराए ३ वर्ष लाग्ने योजना १ वर्षमै सकिन्छ र लागत पनि घट्छ।”
बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि मुआब्जा वितरण लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको उल्लेख गर्दै शर्माले ‘जीडीपीपी’ (Government, Diaspora, Private Sector) मोडेल प्रस्ताव गरे। विदेशमा रहेका नेपालीले १ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट विद्युत् उत्पादनसहित पर्यटन र माछा उत्पादनका सम्भावना भएको विशाल ड्याम निर्माण गर्न सकिने उनको भनाइ छ।
शर्माले काँग्रेसभित्र राजनीतिक शुद्धीकरणका लागि कडा नीति अवलम्बन गर्ने बताए। काँग्रेसका कुनै पनि नेता वा कार्यकर्तामाथि भ्रष्टाचार मुद्दा अदालतमा दर्ता हुनासाथ सदस्यता निलम्बन गरिने उनले घोषणा गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘मेरो–तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको आधारमा नियुक्ति हुनुपर्नेमा उनले जोड दिए।
नेतृत्व हस्तान्तरणका विषयमा उनले नयाँ सूत्र प्रस्तुत गर्दै १ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री नहुने, ३ पटकभन्दा बढी मन्त्री नहुने र ४ पटकभन्दा बढी सांसद नहुने व्यवस्था गर्नुपर्ने बताए। आफूले झापाबाट समानुपातिकमा नबसी अवसर हस्तान्तरण गरेको उदाहरण उनले दिए।
कार्यक्रममा उनले चितवनका तीनै क्षेत्रमा काँग्रेस उम्मेदवारहरू—टेकप्रसाद गुरुङ, मिना खरेल र राजेन्द्र बुर्लाकोटी—लाई जिताउन अपिल गर्दै जनताको मतले गगन थापालाई प्रधानमन्त्री बनाउने दिशामा योगदान पुग्ने दाबी गरे। युवा र अनुभवको संयोजनबाट काँग्रेसले देश बदल्ने उनले विश्वास व्यक्त गरे।
बारम्बार प्रधानमन्त्री भइरहने पुराना अनुहार र निर्वाचित पद छाडेर अर्को पदमा जाने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले नेतृत्व जमेको पोखरी नभई बगिरहेको नदी हुनुपर्ने तर्क प्रस्तुत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: