दाङ । २०५८ मंसिर १३ को साँझ बर्गद्धीको खलो धानले होइन, रगतले भरिएको थियो। वर्षदिनको पसिना भित्र्याउन व्यस्त ११ किसानलाई ‘आतंककारी’को आरोप लगाएर सुरक्षाकर्मीले गोली हाने। लोगी, प्रसादु, शितलाल, जगमान, खुसीराम, रूपलाल, रामु, कृष्णप्रसाद, सोङ्ग्रा, आशाराम र रिसमान चौधरी त्यहीँ ढले। धान घर पुगेन, मान्छे पनि फर्केनन्।
२४ वर्ष बित्यो। व्यवस्था बदलियो, सरकार बदलियो, चुनावहरू आयो–गयो। तर ती ११ घरका भित्तामा टाँसिएको शोक र अन्याय उस्तै छ। प्रश्न उस्तै छ—किन मारिए? कसले मार्यो? किन कारबाही भएन?
रूपलाल चौधरीकी छोरी फूलपाती भन्छिन्, “बा शहीद हुँदा म नवजात थिएँ। बाको हत्या पछि हाम्रो जीवन अधियाँ र परनिर्भरता भयो। घर छोड्यौं, पढाइ छुट्यो, आमा छुट्टिनुभयो। शहीदको नाम आयो, तर हाम्रो भाग्यमा केही आएन।”
जोगी चौधरीकी नातिनी रमीको आक्रोश झन् चर्को छ, “हामीलाई न राज्यले न्याय दियो, न विद्रोही पक्षले। नेताले आश्वासन दिए, अदालतले सन्नाटा।”
माओवादी नेतृत्वको सरकारले ‘शहीद’ घोषणा गर्यो। शिलालेख बन्यो, पार्क बन्यो। तर आज त्यो पार्क जीर्ण छ । सम्मान होइन, बेवास्ताको स्मारक जस्तो। शिलालेखमा नाम छन्, न्यायमा काम छैन।
०६४ पछि सत्य निरूपण तथा मेलमिलाप आयोग बन्यो। फाइलहरू बढे, पीडा झन् बाक्लियो। हरेक चुनावमा नेताहरू यही बर्गद्धी सम्झिन्छन्। मञ्चबाट न्यायको बाचा गर्छन्। पीडित परिवारको आँखा फेरि भिज्छ आशले होइन, पुरानो घाउले।
जगमान चौधरीकी श्रीमती पार्वती भन्छिन्, “सरकार फेरिए, नेता फेरिए। तर न नेता हाम्रा भए, न राज्य हाम्रो भयो।” प्रसादु चौधरीका छोरा छल्लु सीधै सोध्छन्, “गाँस–बाँस त ज्यालाले चल्छ। न्याय राज्यले दिनुपर्छ। हाम्रो मान्छे मार्नेहरूमाथि कारबाही कहिले?”
फागुन २१ को चुनाव नजिकिँदैछ। नेताहरू फेरि घर–घर पुग्दैछन्। न्यायको उही पुरानो स्क्रिप्ट दोहोरिँदैछ। बर्गद्धीका परिवार फेरि उही सुन्न बाध्य छन्। तर उनीहरूको प्रश्न अब विन्ती होइन, आरोपजस्तो सुनिन्छ यो देशमा चुनाव पटक–पटक हुन्छ, न्याय किन हुँदैन?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: