काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक अन्योलका बीच देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ओखलढुंगामा आयोजित निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालको होहल्ला मात्र गरेर ‘नयाँ शक्ति’ बन्न नसकिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित टिप्पणी गरे।
उनले भदौ २३ गते विद्यार्थी हत्या र भोलिपल्ट भएको तोडफोड घटनालाई संकेत गर्दै, त्यस्ता घटनापछि आत्मसमिक्षा नगरी प्रचारबाजीमा लाग्ने प्रवृत्तिको आलोचना गरे। ‘होहल्ला गर्दैमा नयाँ हुँदैन। जिम्मेवारी, विचार र आचरणले फरक देखिनुपर्छ,’ उनले भने।
प्रचण्डले आफ्नो पार्टी विचार र दृष्टिकोणका हिसाबले अरू दलभन्दा फरक रहेको दाबी गर्दै अहिले देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढेको बताए। ‘देशको बागडोर सम्हाल्नुपर्ने ऐतिहासिक आवश्यकता यही पार्टीले महसुस गरेको छ,’ उनको भनाइ थियो।
उमेरका कारण आफू कमजोर भएको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले बाहिरबाट देखिएजस्तो अवस्था नभएको बताए। ‘उमेरले डाँडो काटेजस्तो देखिएला, तर म भित्रबाट अझै सक्रिय छु। अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितका लागि समर्पित रहनेछु,’ उनले भने।
कार्यक्रममा एमाले परित्याग गरेर नेकपाबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेभित्र ‘दास र लास’ मात्र बाँकी रहेको आरोप लगाउँदै आफूले विद्रोह गरेको बताए। उनले जनताको साथले चुनाव जित्ने विश्वास व्यक्त गरे।
प्रचण्डले गुरुङलाई चुनाव जिताए पार्टीले उचित जिम्मेवारी दिने संकेत गर्दै मन्त्रीसम्म बनाउने आशय व्यक्त गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: