ओखलढुंगा। समाचार लेखेकै कारण आफूलाई निरन्तर फोन र सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै पत्रकार शिव ढुङ्गानाले सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन्।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव समेत रहेका ढुङ्गानाले करिब १५ दिनअघि आफूले लेखेको समाचार तथा सो सम्बन्धी फेसबुकमा सेयर गरिएको भिडियो र लिंकलाई लिएर केही व्यक्तिहरूले अशिष्ट, अमर्यादित र धम्कीपूर्ण भाषा प्रयोग गर्दै पटक–पटक फोन र सन्देश पठाएको बताएका छन्।
ढुङ्गानाका अनुसार आफूलाई नेपाली कम्युनिस्ट पार्टीका एक नेताको आफन्त बताउने व्यक्तिहरूले १२ पटकसम्म लगातार फोन गर्दै मानसिक दबाब सिर्जना गरेका छन्। यस विषयमा उनले सम्बन्धित नेतासँग जानकारी गराउँदा ती व्यक्तिहरूबारे आफू जानकार नभएको जवाफ आएको उनले बताएका छन्।
यसअघि पनि अपरिचित नम्बर र सामाजिक सञ्जालका फेक आइडीबाट धम्कीपूर्ण सन्देश आउने गरेको भए पनि यसपटक फरक–फरक व्यक्तिबाट निरन्तर फोन र धम्की आउन थालेपछि आफू असुरक्षित महसुस गर्दै यो विषय सार्वजनिक गर्नुपरेको ढुङ्गानाको भनाइ छ।
उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू वास्तवमै नेकपासँग सम्बद्ध हुन् वा चुनावी मौसमको फाइदा उठाउँदै आपराधिक मनोवृत्ति बोकेका तत्व हुन् भन्नेबारे नेपाली कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
साथै, करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय व्यक्तिमाथि समाचारकै विषयलाई लिएर यस्तो व्यवहार हुनु अत्यन्त गम्भीर विषय भएको भन्दै उनले नेपाल पत्रकार महासङ्घ, पेशागत संगठनहरू, राष्ट्रिय मानव अधिकार आयोग तथा जिल्लास्थित सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
ढुङ्गानाले धम्की दिने व्यक्तिहरूको विवरण समेत सार्वजनिक गर्दै उनीहरूमाथि आवश्यक कानुनी कारबाहीको माग गरेका छन्।
उनले सार्वजनिक गरेको विवरणअनुसार ‘विजय लामा’ नाम बताउने एक व्यक्तिले आफू ओखलढुंगाकै र एक नेताको भान्जा भएको दाबी गर्दै १२ पटकसम्म फोनमार्फत धम्की दिएका छन्। उक्त नम्बर 976-2782939 रहेको छ। त्यस्तै, Truecaller मा ‘विजय दिप्सिङ’ देखिने 976-1461553 नम्बरबाट पनि लगातार फोन आएको उनले उल्लेख गरेका छन्। साथै ‘प्रचण्ड खड्का’ नामको व्यक्तिबाट फेसबुकमार्फत धम्कीपूर्ण सन्देश आएको पनि उनले जनाएका छन्।
ढुङ्गानाले यस्ता अराजक प्रवृत्तिविरुद्ध आफू विगतदेखि नै पेशामार्फत उभिँदै आएको र आगामी दिनमा पनि अझ सतर्कता र प्रतिबद्धतासहित पत्रकारितामा सक्रिय रहने बताएका छन्।




v
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: