कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।
लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यस पटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन् । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), २०७० मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । विगतको परिणामलाई हेर्दा २०४८, २०५६ र २०७० गरी तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । विसं २०६४ र २०७४ मा नेकपा माओवादी केन्द्र रतथा २०५१ र २०७९ को निर्वाचनमा एमाले विजयी भएको थियो ।
विकास र सुशासन मुख्य एजेन्डा
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा दलहरूलाई पुरानो खास जोगाउनुपर्ने चुनौती छ । यस पटक पुराना अनुहारलाई युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई/दुई पटक निर्वाचन जितेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताउँछन् । “गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने मत बलियो भएकाले पार्टीले पनि यस पटक युवालाई उम्मेदवार बनाएका छौँ”, उनले भने, “हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”
विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी तामाङले निर्वाचनमा सफलता प्राप्त गर्ने गरी रणनीतिका साथ मैदानमा उत्रिएको बताइन् । उनले आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा गरेका विकासका कामका कारण पनि यस पटक जित्ने दाबी गरिन् ।
नेकपाबाट उम्मेदवार बनेकी पूर्वमन्त्री मगर पनि विजयी हुने रणनीतिमा छिन् । उनले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको बताउँदै यस पटक पनि आफू निर्वाचित भए विगतका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाइन् ।
रास्वपाका उम्मेदवार धामी पनि जनतामाझ लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले आफू जनताको सेवक भएर काम गर्ने बताउँदै यस पटक मत परिवर्तन गर्नुपर्ने धारणा राखे ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - ०८:०२
काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित कार्यवाहक नेपाली राजदूतले एउटा सरकारी आँकडाले अमेरिकामा रहेकामध्ये ३४ प्रतिशतभन्दा बढी नेपालीहरूले अमेरिकी सरकार...
माघ २८ गते, २०८२ - ०७:५५
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा हुने कि दुई चरणमा भन्ने विषयमा पछिल्ला दिनहरूमा चर्चा भए पनि निर्वाच...
माघ २८ गते, २०८२ - ०७:४१
नुवाकोट । भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी ...
माघ २८ गते, २०८२ - ०७:३५
काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्था...
माघ २८ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत दे...
माघ २८ गते, २०८२ - ०७:१८
काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबा...
माघ २८ गते, २०८२ - ०७:१५
कञ्चनपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा...
माघ २८ गते, २०८२ - ०७:११
जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरी...
माघ २८ गते, २०८२ - ०७:०७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्ष...
माघ २७ गते, २०८२ - ०९:३७
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...



प्रतिकृया लेख्नुहोस्: