काठमाडौँ। आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ ।
यसअघि पाकिस्तान सरकारले भारतसँगको समूह चरणको खेल नखेल्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले बङ्गलादेशलाई विश्वकपबाट बाहिर राखेपछि पाकिस्तानले त्यसको विरोधमा भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो ।
आइसिसीले पाकिस्तानको निर्णयमा पूर्नविचार गर्न आग्रह गर्दै आएको थियो । अन्तिममा पाकिस्तान क्रिकेट बोर्ड, बङ्गलादेश क्रिकेट बोर्ड र आइसिसीबिचको त्रिपक्षीय छलफलपछि पाकिस्तान भारतसँगको खेल खेल्न सहमत भएको हो ।
दुई टोलीबिचको खेल फेब्रुअरी १५ तारिख श्रीलङ्काको कोलम्बोमा हुनेछ । भारत र पाकिस्तान जारी विश्वकपको ‘ए’ मा रहेको छ । यस समूहमा नामिबिया, नेदरल्यान्ड्स र अमेरिका छ ।
यसअघि सुरक्षा चिन्ताका कारण बङ्गलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसिसीले बङ्गलादेशलाई विश्वकपबाट निष्कासित गरेको थियो ।
आइसिसीले विश्वकपमा बङ्गलादेशको स्थानमा वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको थियो । आइसिसीले विश्वकप बहिस्कार गरेको बङ्गलादेशलाई यसअघि कारबाही गर्ने जनाए पनि अन्ततस् कारबाही नगर्ने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...



प्रतिकृया लेख्नुहोस्: