विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासनका अनुसार सेनाको टोली हतियारसहित घटनास्थलमा पुगेपछि सुरक्षा अवस्था क्रमश: नियन्त्रणमा आउन थालेको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
झडपका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको अवज्ञा गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
घटनाको कारण, क्षतिको विवरण तथा पछिल्लो सुरक्षा अवस्थाबारे प्रशासन र सुरक्षा निकायले निगरानी तथा अनुसन्धान जारी राखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...
श्रावण ११ गते, २०८३ - १२:४४
लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...
श्रावण ११ गते, २०८३ - १२:०३
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...
श्रावण ११ गते, २०८३ - ११:५३
काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...



प्रतिकृया लेख्नुहोस्: