खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा विवाह भोजपछि सामूहिक झाडापखालाको प्रकोप देखिएको छ। स्थानीय विवाह समारोहमा सहभागी भएका व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो र टाउको दुखाइका लक्षण देखिएपछि स्वास्थ्य निकाय सतर्क बनेको छ।
माघ २१ गते आयोजित विवाह कार्यक्रममा करिब २५० जना सहभागी भएका थिए। सोही भोज खाएका व्यक्तिहरूमध्ये पहिलो बिरामी माघ २२ गते राति करिब १ बजे चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र पुगेका थिए। प्रारम्भिक चरणमा ४–७ जनामा उल्टी, झाडापखाला र पेट दुख्ने समस्या देखिएपछि पालिकाको द्रुत प्रतिक्रिया टोली परिचालन गरिएको थियो।
बिरामीको संख्या क्रमशः बढ्दै करिब १०० जनासम्म पुगेपछि स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर उपचारमा खटिएका थिए। त्यसपछि जिल्ला स्तरीय द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको जनाइएको छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मी योगेश कटुवालका अनुसार विवाह भोज खाएका व्यक्तिहरूमै यस्ता लक्षण देखिएका छन् र प्रारम्भिक रूपमा ‘फुड पोइजनिङ’ का कारण यस्तो अवस्था आएको अनुमान गरिएको छ। अझै केही स्थानीय स्वास्थ्य जाँचका लागि आइरहेको उनले बताए।
घटनापछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, जन्तेढुंगा गाउँपालिका तथा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसहितको टोली घटनास्थल पुगेर अनुगमन तथा प्रारम्भिक अनुसन्धान गरेको थियो। कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर राई स्वयं घटनास्थल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिइने बताएका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार अधिकांश बिरामीको अवस्था स्थिर बन्दै सुधारोन्मुख छ। घटनाको विस्तृत कारण पत्ता लगाउन नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कल्चर परीक्षणका लागि पठाइएको छ।
यसैबीच, कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले उपचार र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: