Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

खबरडबली संवाददाता

कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीले यो संरचना पत्ता लगाएको हो।

पुरातत्व विभागका अनुसार प्राचीन तिलौराकोट नगरभित्र भेटिएको उक्त मन्दिर दक्षिण एशियामा प्रचलित अप्सिडल स्थापत्यको स्पष्ट उदाहरण हो। यस शैलीका मन्दिरमा पछाडिको भाग अर्धवृत्ताकार हुने र अगाडितर्फ प्रवेश मञ्च रहने विशेषता हुन्छ। प्रारम्भिक समयमा यस्ता संरचना चट्टान काटेर बनाइए पनि पछि ढुंगा, काठ र इँटाको प्रयोग बढेको पाइन्छ।

उत्खननमा भेटिएको संरचना नगरको केन्द्र नजिकै छ। यो करिब १०० मिटर लम्बाइ र १०० मिटर चौडाइ ओगटेको पुरानो दरबार परिसरमाथि निर्माण गरिएको देखिन्छ, जसलाई करिब १.५ मिटर चौडाइको इँटाको पर्खालले घेरेको थियो। दरबार क्षेत्र परित्याग भएपछि यही स्थान धार्मिक गतिविधिको केन्द्र बनेको र त्यसपछि विहार तथा अप्सिडल मन्दिर निर्माण गरिएको अनुसन्धान टोलीले जनाएको छ।

स्थलबाट ठूलो संख्यामा दीपक (दियो) फेला परेकाले यो क्षेत्र लामो समयसम्म तीर्थयात्री र श्रद्धालुहरूको पूजा–आराधनाको केन्द्र रहेको संकेत मिल्छ। पछि मन्दिर र विहारलाई इँटाको पिचिङ गरिएको उचाइयुक्त मञ्चमुनि योजनाबद्ध रूपमा सुरक्षित गरिएको देखिएको छ। उन्नाइसौँ शताब्दीमा भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले सर्वेक्षणका क्रममा यस क्षेत्रलाई ‘देवा टेम्पल’ भनेर उल्लेख गरेका थिए।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले यो खोजलाई ऐतिहासिक उपलब्धि बताएका छन्। पूर्वमहानिर्देशक तथा उत्खनन सह–निर्देशक कोशप्रसाद आचार्यका अनुसार यसले उक्त स्थलमा बौद्ध आस्थाको गहिरो महत्व झल्काउँछ। डरहम विश्वविद्यालयका प्राध्यापक तथा सह–निर्देशक रोबिन कोनिङ्घमले तिलौराकोट–कपिलवस्तु प्राचीन बौद्ध तीर्थमार्गको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै खोजले यसको ऐतिहासिक महत्व थप पुष्टि गरेको बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार उत्खननबाट प्राप्त सामग्रीले यो स्थल दीर्घकालीन धार्मिक केन्द्रका रूपमा रहेको प्रमाणित गर्छ। अनुसन्धान टोलीले काल निर्धारणका लागि आवश्यक वैज्ञानिक परीक्षणका नमूना संकलन गरिसकेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: