काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गरेको छ।
डिलरहरूमा ग्यास अभाव भएको उपभोक्ता गुनासो आएपछि निगमले कार्यालय परिसरमै काउन्टर राखेर बिक्री व्यवस्था मिलाएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका सिलिन्डर नपाएका उपभोक्ताले टेकुबाट ग्यास लिन सक्नेछन्। नेपाल ग्यासको वितरण सुरु भइसकेको र एभरेस्ट तथा सुगम ग्यासका काउन्टर पनि तत्काल सञ्चालनमा आउने उनले बताए।
‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नै डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आएर सहज रूपमा ग्यास लिन सक्नुहुन्छ,’ प्रवक्ता ठाकुरले भने।
बजारमा कृत्रिम अभावको हल्ला चलिरहे पनि आयात र आपूर्तिमा समस्या नरहेको निगमको दाबी छ। भन्सार तथ्याङ्कअनुसार मागअनुसार ग्यास आयात भइरहेको प्रवक्ता ठाकुरले बताए।
उनका अनुसार मासिक करिब ३० लाख सिलिन्डर खपत हुने गर्छ। ‘३० लाख उद्योगमा, ३० लाख ट्रान्जिटमा र ३० लाख उपभोक्ताको घरमा हुन्छ। तर, अहिले उपभोक्ताले एकैपटक रित्तो सिलिन्डर भर्न खोज्दा चाप परेको हो। नियमित मागअनुसार आपूर्ति भइरहेको छ, तर अतिरिक्त मौज्दात छैन,’ उनले स्पष्ट पारे।
एउटै सिलिन्डरमा निर्भर सर्वसाधारण बढी प्रभावित भएको गुनासोलाई सम्बोधन गर्न निगमले आकस्मिक बिक्री काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। ग्यास नपाएका उपभोक्ताले खाली सिलिन्डरसहित टेकुस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: