काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीलाई मोबाइल प्रयोगबाट टाढा राख्ने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।
बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा ‘बालबालिका ऐन कार्यान्वयन मापन’ सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उनले बालबालिकालाई नकारात्मक सामग्रीबाट जोगाउन स्पष्ट कानुनी प्रबन्ध गर्नुपर्ने धारणा राखे। सामाजिक सञ्जाल सर्वत्र खुला भएकाले बालबालिकाले मोबाइलमार्फत जस्तोसुकै सामग्री सहजै हेर्ने अवस्था बनेको उनले उल्लेख गरे।
“बालबालिकालाई सकारात्मक सोचतर्फ कसरी लैजाने र नकारात्मक सामग्रीबाट कसरी जोगाउने भन्ने विषयमा राज्य गम्भीर हुनुपर्छ,” उनले भने, “कतिपय देशमा विद्यालय तहका विद्यार्थीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ, नेपालमा पनि यस विषयमा बहस र नीति निर्माण आवश्यक छ।”
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनमा एकरूपता अभाव रहेको औँल्याइन्। एउटै कानुन भए पनि विभिन्न स्थानमा फरक ढंगले कार्यान्वयन भइरहेको भन्दै संघीय सरकारले स्पष्ट मापदण्ड तय गर्नुपर्नेमा उनले जोड दिइन्। उनले राजनीतिक दलहरूले घोषणापत्रमै बालअधिकार र बालमैत्री शासनका विषय समेट्नुपर्ने सुझावसमेत दिइन्।
शाक्यले स्थानीय तहमा ‘डाटा कलेक्सन सेन्टर’ स्थापना गरी बालमैत्री अवस्थाको तथ्यांक संकलन गर्नुपर्ने बताइन्। यसले नीतिनिर्माणमा सहयोग पुग्ने उनको विश्वास छ।
त्यसैगरी, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले बाल सुधार गृहको सुरक्षालाई ध्यानमा राखेर नयाँ कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार बाल सुधार गृहमा उमेर हद नतोकिँदा बालबालिकासँगै वयस्क उमेरका व्यक्ति पनि बस्ने अवस्था छ। उनले उमेर सीमा स्पष्ट गरेर उमेर पुगेपछि बाँकी सजाय अन्य कारागारमा सार्ने व्यवस्था गर्नुपर्ने धारणा राखे।
छलफलमा सहभागीहरूले बालअधिकार संरक्षणका लागि कानुनी सुधार, प्रभावकारी अनुगमन र समन्वित कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएका छन्। अझै बालश्रम, बालविवाह र बालबालिकामाथि हुने हिंसा पूर्णरूपमा नियन्त्रण हुन नसकेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: