Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

देउवाविनाको डडेल्धुरा कांग्रेस: उनैकैे छायाँमा महरको परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा आफ्नो परम्परागत प्रभाव जोगाउन नेपाली कांग्रेस सक्रिय भएको छ । विसं २०४८ यता निरन्तर जित निकाल्दै आएको यस क्षेत्रमा यसपटक पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा कांग्रेसका लागि चुनौती थपिएको देखिन्छ ।

विसं २०७९ सम्म सात पटक यही क्षेत्रबाट निर्वाचित हुँदै प्रधानमन्त्री र पार्टी सभापतिसमेत बनेका देउवा चुनावी मैदानमा नउत्रिएपछि प्रतिस्पर्धी दलहरूले पनि आफ्नो पक्षमा मत परिणाम पार्न अभियान तीव्र पारेका छन् । कांग्रेसले भने युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाउँदै विजयी यात्रा निरन्तर राख्ने रणनीति अपनाएको छ ।

महर नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत हुन् । उनले मतदाताको विश्वास जित्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् । जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि भएको आक्रमण, त्यसपछिको राजनीतिक परिस्थिति र देउवा उम्मेदवार नहुनुले कांग्रेसलाई गृहजिल्लामै दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले देउवा स्वास्थ्यका कारण प्रचारमा सक्रिय हुन नसक्ने चर्चा निराधार भएको बताए । “उहाँ प्रचारप्रसारमा नआउने भन्ने हल्ला मात्रै हो, पार्टीका कार्यक्रममा उहाँ सहभागी हुनुहुन्छ,” उनले भने ।

यता नेकपा (एमाले) बाट चक्र स्नेही पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । विद्यार्थी जीवनदेखि एमाले राजनीतिमा सक्रिय स्नेही २०७४ मा राष्ट्रियसभा सदस्य भइसकेका छन् । एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाहीले पार्टीपङ्क्ति पूर्ण रूपमा चुनावी अभियानमा खटिएको दाबी गरे ।

डडेल्धुरामा यसपटक नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह माल उम्मेदवार छन् । घरदैलो अभियानका क्रममा उनले डडेल्धुरालाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने सम्भावना रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी पनि सक्रिय छन् । यसअघि एमाले, एकीकृत समाजवादी लगायत हुँदै रास्वपामा पुगेका जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । “नयाँ सोच र पुरानो अनुभवको समिश्रण आजको आवश्यकता हो,” उनले भने ।

विसं २०७९ को निर्वाचनमा देउवाले २५ हजार ५३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कूल ९३ हजार ४०३ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा दुई हजार २०२ मतदाता थपिएका छन् । जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्, जसमध्ये ३३ मतदानस्थल ‘अतिसंवेदनशील’ सूचीमा राखिएका छन् ।

यसैगरी राप्रपा, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, जय मातृभूमि पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरू समेत चुनावी मैदानमा छन् । करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मत हाल्ने अवस्था बनेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending