काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसायी र साना सवारी साधन सञ्चालक व्यस्त छन्। चुनावी सभा, घरदैलो, घोषणापत्र र प्रचार–प्रसारले सहर केन्द्रित चहलपहल बढेको छ। तर प्रश्न उठेको छ—किन किसान र श्रमजीवीलाई चुनावले छुँदैन?
निर्वाचन आउन केही दिन बाँकी रहँदा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन्। छापाखानामा प्रचार सामग्री छाप्न भ्याइनभ्याइ छ। सवारी साधन भाडामा लगाउनेहरू मोलमोलाइमा व्यस्त छन्। होटेल तथा खाजा घरको व्यापार बढेको छ। तर खेतबारीमा मल, बिउ र सिँचाइको अभाव झेलिरहेका किसानको दैनिकी भने जस्ताको तस्तै छ।
मोरङको रङ्गेली–९, शान्ति चोकका रामप्रसाद मर्डी सडक किनारमा बाँसका सामग्री बनाउँदै जीवन धान्दै आएका छन्। १५ वर्षदेखि ऐलानी जग्गामा सानो कटेरो हालेर बस्दै आएका उनी दैनिक कमाइबाटै परिवार चलाउनुहुन्छ। तर चुनावप्रति उनमा उत्साह देखिँदैन। “नेताहरू आउँछन्, वाचा गर्छन्, जितेपछि फर्केर आउँदैनन्,” उनको गुनासो छ।
उनीसँगै काम गर्ने नेपाल हेमरम पनि चुनावले गरिबको जीवनमा खास परिवर्तन नल्याउने बताउँछन्। “गरिबलाई केही हुँदैन, चुनाव धनीका लागि मात्रै हो,” उनको भनाइ छ।
कानेपोखरी–३ मा खेतमा तोरी उखेलिरहेका किसान जर्मेन मुर्मु पनि दीर्घकालीन कृषि नीति र समयमै मल–बिउ उपलब्ध गराउने व्यवस्था नभएसम्म चुनावले आशा नजगाउने बताउाँछन् “एकछिन खेतमा सघाएर फोटो खिच्नु समाधान होइन,” उनले नने।
श्रमजीवी र किसानको गुनासो एउटै छ—चुनावी वाचा धेरै हुन्छन्, तर व्यवहारमा कार्यान्वयन हुँदैन। उनीहरूका लागि रोजगारीको स्थायित्व, कृषि सामग्रीको सहज उपलब्धता, स्वास्थ्य र शिक्षाको पहुँच नै मुख्य मुद्दा हुन्। तर चुनावी बहसमा ती विषय प्राथमिकतामा परेको अनुभव उनीहरूले गरेका छैनन्।
यसरी चुनावी सरगर्मीले राजनीतिक वृत्त र व्यवसायिक क्षेत्रलाई सक्रिय बनाइरहेको भए पनि खेतबारी र श्रममै जीवन धान्ने वर्गमा भने उत्साह देखिँदैन। त्यसैले प्रश्न उब्जिएको छ जब चुनाव परिवर्तनको माध्यम भनिन्छ, तब किन किसान र श्रमजीवीलाई त्यो परिवर्तनले छुँदैन?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: