Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कैलाली–४ मा पुराना र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

खबरडबली संवाददाता

कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनुहारहरू चुनावी मैदानमा उत्रिएका छन्।

कैलाली–४ लाई मतदाताको ‘परिवर्तनशील’ क्षेत्रका रूपमा चिनिन्छ। २०४८ सालदेखि २०७९ सम्म भएका सबै संसदीय निर्वाचनमा यहाँ मतदाताले हरेक पटक फरक दल र उम्मेदवारलाई जिताउँदै आएका छन्। त्यसैले यसपटक मतदाताको रोजाइ कसको पक्षमा पर्छ भन्ने विषय सर्वत्र चासोको केन्द्र बनेको छ।

यस क्षेत्रमा एमाले, कांग्रेस, नेकपा, रास्वपा र नागरिक उन्मुक्ती पार्टीसहितका उम्मेदवारबीच बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। एमालेबाट उम्मेदवार बनेका भट्ट यसअघि उद्योगमन्त्रीसमेत भइसकेका छन्। विगतमा अघि बढाएका तर अधुरा रहेका योजना पूरा गर्ने, कृषि आधुनिकीकरण र व्यवस्थित शहरीकरणलाई प्राथमिकता दिने उहाँको एजेन्डा रहेको छ। सहज जित हुने दाबी पनि उहाँले गर्नुभएको छ।

नेपाली कांग्रेसबाट गोरखबहादुर विष्ट उम्मेदवार छन्। लामो समय अमेरिका बसेर फर्किएका विष्ट सुशासन र विकासका मुद्दा लिएर चुनावी मैदानमा छन्। नेकपाबाट हरिराम चौधरी उम्मेदवार बनेका छन्। सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका चौधरीले भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना तथा भूमिहीन र मुक्त कमैयाका समस्या समाधानलाई प्राथमिकतामा राखेका छन्। पूर्व माओवादी पृष्ठभूमिका चौधरी यसपटक आफ्नै पूर्व सहकर्मी भट्टसँग प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइराला उम्मेदवार बनेका छन्। शिक्षा, कृषि, पूर्वाधार विकास र बेरोजगारी समाधानमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्दै उनले देशले नयाँ नेतृत्व खोजिरहेको दाबी गरेका छन्।

नागरिक उन्मुक्ती पार्टीले धनबहादुर सुनार ‘डिबी’ लाई उम्मेदवार बनाएको छ। उत्पीडित, सीमान्तकृत तथा आवाज नपुगेका समुदायको अधिकार सुनिश्चित गर्ने मुख्य उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।

यस क्षेत्रबाट अन्यसहित १६ जना उम्मेदवार पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन्। बहुपक्षीय प्रतिस्पर्धाले कैलाली–४ लाई सुदूरपश्चिमकै चासोपूर्ण निर्वाचन क्षेत्रका रूपमा स्थापित गरेको छ।

मतदाताहरूले पनि यसपटक ‘हाम्रा भन्दा राम्रा’ उम्मेदवार रोज्ने संकेत गरेका छन्। इतिहास दोहोर्याउने दाउमा रहेका भट्ट र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले कैलाली–४ को चुनावी समीकरणलाई रोचक बनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending