दमौली। नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले युवा पुस्ता (जेन–जी) का भावना र मागलाई केन्द्रमा राखेर जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल विद्यार्थी संघ तनहुँको आयोजना तथा नेपाल तरुण दल व्यास नगर कार्यसमितिको व्यवस्थापनमा शनिबार दमौलीस्थित बीपी स्मृति भवनमा आयोजित ‘युवासँग उम्मेदवार’ कार्यक्रममा बोल्दै उनीहरूले रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका हुन्।
कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफू १४ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेको स्मरण गर्दै जेन–जी पुस्ताको भावना बुझ्ने नेता भएको दाबी गरे। उनले युवाहरूको मुख्य समस्या रोजगारी रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन नगरी रोजगार सिर्जना सम्भव नहुने बताए।
“व्यवसायीलाई सामन्ती देख्ने र उद्योग बन्द गराउने प्रवृत्तिले औद्योगिक क्षेत्र फस्टाउन सकेन, जसका कारण युवाहरूले रोजगारी पाउन कठिन भएको छ,” भट्टराईले भने, “कांग्रेसले उद्योगमैत्री नीति ल्याएर व्यवसायीको मनोबल बढाउनेछ। कृषिको आधुनिकीकरण र उत्पादित वस्तुको बजार व्यवस्थापनमा सरकारले जिम्मेवारी लिने गरी ठोस योजना बनाएका छौँ।”
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराईले तनहुँ जलविद्युत् आयोजना, सडक, पुल, अस्पताल र विद्युतीकरणजस्ता गौरवका योजनाहरू कांग्रेसकै नेतृत्वमा सम्भव भएको दाबी गरे।
यसैगरी, क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले तनहुँलाई धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। वनमन्त्री हुँदा आफूले भानुभक्त प्राणी उद्यानमार्फत हजारौँलाई रोजगारी दिने पहल सुरु गरेको उल्लेख गर्दै उनले अधुरा विकास योजना पूरा गर्न उम्मेदवारी दिएको स्पष्ट पारे।
“मनकामना केबलकारले जसरी स्थानीयलाई रोजगारी दिएको छ, त्यसैगरी तनहुँमा पनि ठूला आयोजनामार्फत आर्थिक क्रान्ति ल्याउनु छ,” भण्डारीले भने, “इलाका प्रशासन, सिँचाइ र विद्युत्का कार्यालय स्थापना गरेर सेवा प्रवाह जनताको घरदैलोमा पु¥याउने काम कांग्रेसले नै गरेको हो। म जनताको सुख–दुःखको साथी हुँ, समस्या पर्दा जुनसुकै बेला मलाई सम्झन सक्नुहुन्छ।”
नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष हिरा थापाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा जेन–जी पुस्ताका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी युवाहरूले विकास र सुशासनका लागि कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा समानुपातिकतर्फकी उम्मेदवार इन्दिरा खनालको पनि उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: