Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

कैलाली–४ र ५ मा थारू मत निर्णायक, पुराना अनुहारमाथि नयाँ चुनौती

विरासत जोगाउने दौडमा लेखराज, समीकरण भत्काउने रणनीतिमा प्रेम आले

खबरडबली संवाददाता

कैलाली। सुदूरपश्चिमको राजनीति तातिएको छ। कैलाली–४ र ५ मा यसपटकको चुनाव केवल जित–हारको प्रतिस्पर्धा होइन, पुरानो प्रभाव जोगाउने र नयाँ समीकरण बनाउने संघर्ष बनेको छ।

कैलाली–४ मा एमाले उपमहासचिव लेखराज भट्ट आफ्नो पुरानो विरासत फर्काउने अभियानमा छन् भने कैलाली–५ मा प्रेम आले स्थापित दलहरूको अंकगणित भत्काउने दाउमा देखिन्छन्। दुवै क्षेत्रमा करिब २० हजार थारू मतदाता निर्णायक शक्तिका रूपमा उभिएका छन्।

कैलाली–४ : भट्टको ‘कमब्याक’ कि नयाँ शक्तिको उदय?

यो क्षेत्रमा एमालेका लेखराज भट्ट, कांग्रेसका गोरखबहादुर विष्ट, नेकपाका हरिराम चौधरी र रास्वपाका खेमराज कोइराला मुख्य प्रतिस्पर्धी हुन्।

भट्टका लागि यो चुनाव प्रतिष्ठाको लडाइँ हो। २०६४ र २०७४ मा जित हात पारेका उनी २०७९ मा पराजित भएका थिए। यसपटक भने उनी कुनै जोखिम लिन चाहँदैनन्।

उनको दाबी स्पष्ट छ  “सुदूरपश्चिमको आवाज संसदमा बुलन्द गर्ने नेता अब म नै हुँ।” उनले औद्योगिक ग्राम, ड्राइपोर्ट, खुटिया–दिपायल फास्ट ट्र्याक, सेती लोकमार्ग, मेडिकल कलेज, विश्वविद्यालय स्तरोन्नतिजस्ता परियोजना आफूले ल्याएको श्रेय दाबी गर्दै मत मागिरहेका छन्। तर यी परियोजनामध्ये अधिकांश अझै अधुरै छन्।

भट्टले विकासको ‘ब्लूप्रिन्ट’ त देखाए, तर परिणाम देखाउन नसकेको आरोपबाट मुक्त हुन सककेेका छैैैनन् ।

थारू मत र डोटेली समीकरण

गौरीगंगा र गोदावरी नगरपालिका निर्णायक मानिएका छन्। गौरीगंगामा मात्रै करिब २५ हजार मतदाता छन्, जसमा १२ हजार थारू मत प्रभावशाली छन्।

डोटी मूलघर भएका मतदाताको संख्या पनि उल्लेख्य छ। भट्ट र विष्ट दुवै डोटेली पृष्ठभूमिका भएकाले यहाँ ‘भावनात्मक’ मत विभाजन हुने सम्भावना छ।

तर स्थानीय युवा मतदाता भने खुला रूपमा भन्छन्   “पुरानालाई धेरै हेरियो, अब नयाँ हेर्ने बेला आयो।” यही मनोविज्ञान रास्वपाका कोइरालालाई फाइदा पुग्न सक्छ। उनी सुशासन र भ्रष्टाचारविरोधी मुद्दा उठाएर युवा मत तान्ने प्रयासमा छन्।

नेकपाका हरिराम चौधरी थारू समुदायको मत समेट्ने रणनीतिमा छन्। विगतमा भट्टकै सहकर्मी रहेका चौधरी अहिले प्रतिस्पर्धी बनेका छन् । जसले चुनावलाई झन रोचक बनाएको छ।
कैलाली–४ मा भट्टको संगठन बलियो भएपनि  जनमतको दिशा यसपटक अनुमान गर्न कठिन देखिन्छ।

कैलाली–५ : कांग्रेसको कलह, एमालेको पुनर्गठन र आलेको ‘जोखिमपूर्ण जुवा’

कैलाली–५ मा कांग्रेसका नरनारायण शाह, एमालेका यज्ञराज ढुंगाना, नेकपाका प्रेम आले र रास्वपाका आनन्द चन्द प्रतिस्पर्धामा छन्।

२०७४ र २०७९ को परिणामले देखाएको छ । यहाँ मतदाताले अन्तिम समयमा निर्णय बदल्न सक्छन्। कांग्रेसभित्रको अन्तर्घातले विगतमा परिणाम उल्टिएको थियो।

प्रेम आलेको रणनीति

डोटीबाट तीनपटक जितेका प्रेम आले यसपटक कैलाली–५ मा उत्रिनु आफैंमा राजनीतिक सन्देश हो। उनको  स्पष्ट  सन्देश छ “कांग्रेस–एमालेलाई धेरै हेरियो, अब नेकपालाई हेर्नुस्।”

तर प्रश्न उठ्छ डोटी छोडेर कैलाली किन? यो जोखिमपूर्ण तर गणितीय हिसाबले सम्भावित अवसर खोज्ने चाल पनि हो।

रास्वपाको ‘घण्टी’ प्रभाव

युवा मतदातामाझ ‘परिवर्तन’को मनोविज्ञान देखिन्छ। आनन्द चन्द पुराना दलप्रति वितृष्णा बोकेका मतदातालाई लक्ष्य गर्दै छन्।

पुराना दलबाट सुशासन सम्भव नरहेकाे   उनकाे  तर्क छ । कैलाली–५ मा करिब ८ हजार थारू मतदाता छन् । यहाँ पनि उनीहरू निर्णायक हुन सक्छन्।

  निर्णायक शक्ति थारू मतदाता, निर्णायक प्रश्न विश्वासको

दुवै क्षेत्रमा साझा प्रश्न उस्तै छ  विकासका अधुरा वाचा फेरि दोहोरिने? कि नयाँ प्रयोगको जोखिम लिने?

लेखराज भट्ट विरासत जोगाउन लडिरहेका छन्।  प्रेम आले समीकरण भत्काएर नयाँ शक्ति केन्द्र बन्न खोजिरहेका छन्। रास्वपा ‘एण्टी–इस्टाब्लिसमेन्ट’ लहरलाई राजनीतिक नाफामा बदल्ने प्रयासमा छ।

यसपटक कैलालीको चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, राजनीतिक ध्रुवीकरण र नेतृत्वको विश्वसनीयता परीक्षणको मैदान बनेको छ। अन्तिम फैसला भने करिब २० हजार थारू मतदाता र अनिर्णित युवा मतदाताको हातमा छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक तर्फ साढे ३ लाख मतगणना, कुन दलको अवस्था कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...

राप्रपाले खोल्यो खाता, जुम्लामा विनीता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता

इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...

अछाममा भीम रावल पराजित, कांग्रेसका स्वार विजयी

काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् ।  उक्त क्षेत्रमा ...

रामेछापमा नेकपा र कांग्रेसबीच कडा टक्कर, २९ मतलले श्रेष्ठ अगाडी

रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र  कांग्रेसबीच कडा टक्कर  भएकाे छ  । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...

१२ वर्षपछि खाोला फर्कन्छ भने झैं फर्कियो दैलेख १ मा कांग्रेस

दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...

रुबिना आचार्य जसले डा. शेखरलाई भारी मतान्तरले हराउन सफल भइन्

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE