Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सेतोपाटीविरुद्ध कारबाही अगाडि बढाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।

चितवन–३ सम्बन्धी प्रकाशित दुई समाचारप्रति आयोगले आपत्ति जनाएको हो। ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ तथा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका सामग्री निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको आयोगको ठहर छ।

आयोगले पत्रमा उल्लेख गरेअनुसार, आचारसंहिताको दफा ४ को खण्ड ९त० मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा त्यसको परिणाम घोषणा तथा प्रकाशन गर्न नहुने व्यवस्था छ। त्यस्तै, दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान उल्लेख छ।

उक्त समाचार सामग्री यी प्रावधानविपरीत देखिएकाले आवश्यक कारबाहीका लागि प्रेस काउन्सिललाई अनुरोध गरिएको आयोगले जनाएको छ।

यस विषयमा प्रेस काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी सेनाको सहभागिताप्रति माओवादीको आपत्ति, सेना भन्छ– परम्परागत अभ्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको विषयमा विरोध ज...

मुखले बोलेर होइन, अब काम गरेर देखाउनुपर्नेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन्। सो...

काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आ...

झापा ५ मा ओली र बालेन साहको एकसाथ घरदैलोमा

दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्...

सेतोपाटीविरुद्ध कारबाही अगाडि बढाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...

महाशिवरात्रीमा गलेश्वरधाम पुगे ३० हजार धार्मिक पर्यटक

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवारनै एमाले प्रवेश, उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...

चितवन–३ मा जनसमर्थनले उत्साहित बनाएको छ, जित–हारलाई स्वीकार्नुपर्छ : रेनु दाहाल

काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...

जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE