जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ । मैथिली विकास कोषको आयोजनामा यहि फागुन ५ देखि ८ गतेसम्म महोत्सवको पाँचौँ श्रृंखला सञ्चालन हुन लागेको हो ।
कोषका अनुसार महोत्सवमा बौद्धिक विमर्श, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिने जानकारी दिएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा करिब २० विषयमा गहन विमर्श हुने जानकारी दिए। उनले कला–साहित्यसँगै राजनीति, सामाजिक सरोकार र इतिहासलगायतका विषयमा छलफल हुनुका साथै चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीसमेत आयोजना गरिनेछ बताए।
महोत्सवमा नेपाल र भारतका विद्वान–विदुषी, कलाकार तथा नाट्य समूहहरूको सहभागिता रहने उल्लेख गर्दै उहाँले चार दिनसम्म जनकपुरधाम साहित्य, कला र सङ्गीतले झङ्कृत हुने विश्वास समेत व्यक्त गरे।
महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन, लोकनृत्य तथा मिथिला चित्रकला प्रतियोगिता रहेका छन् । महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी समेत सञ्चालन गरिनेछ कोषले जाएको छ ।
यसैगरी, ‘छुतहा घेल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’, ‘देसिल वयना’ र ‘बहुरुपिया’ लगायतका नाटक मञ्चन गरिनेछ । यस्तै भारतको पटनास्थित चेतना समितिद्वारा ‘देसिल बयना’ नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने नेपाल र भारतका विशिष्ट रंगकर्मी, गायक–गायिका तथा नाट्य समूहहरूको सांस्कृतिक प्रस्तुति पनि रहने कोषले जनाएको छ ।
यस्तै महोत्सवमा फागुन ७ र ८ गते पुस्तक चर्चा, दलित विमर्श, “भाषास् हिमालयसँ गंगा धरि”, “नेपालीय मैथिली साहित्यक प्रवृत्ति”, “जनकपुर गाथा”, “सुगम प्रदेशमे दुर्लभ शिक्षा”, “जल सभ्यता”, “अर्थ: लेवर सोल्जर” लगायतका विषयमा विमर्श आयोजना गरिनेछ । साथै कवि गोष्ठी, विद्यालयस्तरीय कवि गोष्ठी, समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमसमेत गरिने जनाइएको छ ।
वि।सं। २०५८ सालमा स्थापना भएको मैथिली विकास कोषले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरको महोत्सव आयोजना गर्ने प्रतिबद्धताअनुसार यसअघि २०७३, २०७५, २०७८ र २०८० मा चार वटा श्रृंखला सफलतापूर्वक सम्पन्न गरिसकेको छ । महोत्सव शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा सञ्चान हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: