Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

मूलकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्छ: ओली

खबरडबली संवाददाता

दमक। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन आग्रह गरेको छ । 

मूलकको दिगो विकास र समृद्धिलाई रोकेर मूलकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्ने जनाउदै उनले यस्तो आग्रह गरेको हो । 

वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नरहेको उल्लेख गर्दै पार्टीका नेताकार्यकर्तालाई सचेत र सक्रिय भएर यस विषयमा जनतालाई बुझाउन ओलीले आग्रह पनि गरेको छन् ।

तपाईँहरू देख्दै आएको छन् अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि ठीक छैन, उनले भने।ओलीले एमालेका विरुद्ध सबै एकजुट भएर लागेर घेराबन्दी गरेको यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्ने समय आएको दाबी गरे।

सोमबार दमकमा भएको घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरुलाई आफ्ना कुरा राख्दै ओलीले यस क्षेत्रमा ल्याइएका कतिपय विकासका योजनाहरू अहिलेको सरकारले बजेट कटौती गरेर अलपत्र पारेको जनाए।

यहाँका अधुरा विकास निर्माणदेखि लिएर यस क्षेत्रको र मूलकलाई नै विकसित बनाउनका लागि आफूलाई मत दिन ओलीले आग्रह गरे। 

विकास नै आवश्यक थिएन, विकास किन चाहियो रु भनेर कतिपयले भनेको सुनेको जनाउदै मूलक सम्वद्ध बन्नका लागि सबै क्षेत्रको विकास अपरिहार्य भएको ओलीले बताए। 

जनताका आवश्यकता र अपेक्षासँग जोडिएका विकासका मुद्दा गाउँगाउँसम्म लैजानुपर्नेमा ओलीले जोड दिए। उनले कार्यकर्तालाई एकताबद्ध भएर सङ्गठन सुदृढीकरण, विकासका उपलब्धि प्रचारप्रसार तथा भावी योजनाको स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गरेको छन् ।

“म नजिकबाट तपाईँको समस्या सुन्न आएको हुँ। म आफै तपाईँहरूसँग भेटघाट गर्ने र यहाँहरूको चाहना बुझ्नका लागि घरदैलोमा आएको छु, ”मतादातहरुसँग उनले भने।

 तपाईंहरूका गुनासा, सुझाव र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, ओलीले मतदातासँग स्पष्ट पारे।उनले भने, “मेरो सपना भनेको नै यहाँहरूको माग पुरा होस र गुनासोको उचित सम्बोधन गर्न सकियोस् भन्ने रहेको बताए। अब आफू नियमित रुपमा भेटघाट र घरदैलोमा रहन्छु।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डको बयान: जेन-जी आन्दोलनको भावनालाई समर्थन, हिंसामा संलग्न छैनौं

काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...

रविको बयान: भदौ २४ को घटनामा रास्वपा संलग्न छैन, म भागेको होइन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...

कार्की आयोगको सिफारिस: प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीमाथि कारबाही प्रस्ताव

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...

सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस, कहाँ कति बढ्दैछ भाडा ?

काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...

बालेनको बयान: आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...

जाँचबुझ आयोगको प्रतिवेदन: ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका नखेलेको निष्कर्ष

काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...

बालेन शाहले चैत १३ गते १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने

इनिसा विक मृत्यु प्रकरण: प्रहरी अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...

फागुन २१ गतेको निर्वाचन मानक: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...

नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्दै

काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: