रुकुमपश्चिम। रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र दुई दलले मात्र घोषणापत्र बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनमोर्चाले मात्र घोषणापत्र बुझाएको जानकारी दिए । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन गरेको थियो ।
यसै गरी उम्मेदवारी दिएकामध्ये छ दलका उम्मेदवारले मात्र चुनावी खाता खोलेका छन् । मुख्य निर्वाचन अधिकृत मगरका अनुसार राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, आमजनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले निर्वाचन प्रयोजनका लागि खाता खोलेका छन् । उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा ९संयुक्त०, नेकपा ९माओवादी० र नेकपा ९एमाले० ले बैङ्क खाता खोलेको जानकारी दिएका छैनन् । विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधि सहभागी बैठकमा मुख्य निर्वाचन अधिकृत मगरले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा जरिबाना तथा उम्मेदवारी रद्दसम्मको व्यवस्था रहेको स्मरण गराउनुभयो । उहाँले हालसम्म आचारसंहिता उल्लङ्घनबारे कुनै पनि लिखित उजुरी नपरेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले हालसम्म सौहार्दपूर्वक चुनावी कार्यक्रम भइरहेको र आगामी दिनमा पनि सबै उम्मेदवार तथा राजनीतिक दलबाट आचारसंहिता पालनामा प्रतिबद्धता प्राप्त भएको जनाए। चुनावलक्षित सुरक्षा व्यवस्था र मतदान केन्द्रको अनुगमनबारे जानकारी गराउँदै प्रजिअ थानीले उदाहरणीय निर्वाचनको सन्देश दिन सबैको सहकार्य र सौहाद्र्रता आवश्यक रहेको उल्लेख गरे। उनले चुनावी कार्यक्रमको जानकारी स्थानीय प्रशासनलाई दिन र केही गुनासा तथा समस्या भएमा बेलैमा जानकारी गराउन अनुरोध गरे।
निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत गोविन्दप्रसाद सुवेदीले आयोगले निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र अनुशासित बनाउन बैङ्क खाता खोल्ने प्रावधान ल्याएकाले सबै दल तथा उम्मेदवारले पालना गर्न अनुरोध गरे। उनले निर्वाचन कार्यालयको सिफारिसका आधारमा उम्मेदवार र उनका प्रतिनिधिले पनि चुनावी प्रयोजनका लागि खाता खोल्न सक्ने जानकारी दिए । निर्वाचनका लागि प्राप्त गर्ने र खर्च गर्ने रकमको प्रयोजनका लागि खाता खोल्नुपर्ने र सोही अनुसारको विवरण निर्वाचनपश्चात् पनि आयोगलाई बुझाउनुपर्ने उनले जनाए। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालनामा प्रतिबद्धतासमेत जनाएका छन् । निर्वाचनलाई सौहाद्र्रपूर्ण, स्वच्छ र पारदर्शी बनाउन आचारसंहिताबमोजिम नै चुनावी गतिविधि भइरहेको उनीहरूले जानकारी गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - ११:२९
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु ...
फाल्गुन ५ गते, २०८२ - ११:२०
काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी क...
फाल्गुन ५ गते, २०८२ - १०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाई लाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ...
फाल्गुन ५ गते, २०८२ - १०:५२
तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरेको छन्। सोमबार दमौलीमा नोपली कांग्रेस तनह...
फाल्गुन ५ गते, २०८२ - १०:३३
काठमाडौं । आम जनता पार्टी (आजपा) ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - ०९:५४
रुकुमपश्चिम। रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्...
फाल्गुन ४ गते, २०८२ - १७:२७
सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले...
फाल्गुन ४ गते, २०८२ - १६:५८
जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो । मुख्...
फाल्गुन ४ गते, २०८२ - १६:४९
झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...
फाल्गुन ४ गते, २०८२ - १६:३७
सङ्खुवासभा। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । आजदेखि काठमा...



प्रतिकृया लेख्नुहोस्: