रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप भएको छ। झडपपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
बिहीबार राति सबगढा गाउँमा हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सोही क्रममा गाउँस्थित मुस्लिम समुदायको मस्जिदमा रातिको समय नमाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर दुई पक्षबीच भनाभन भएको बताइएको छ।
स्रोतका अनुसार भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका सदस्यहरूमाथि कुटपिट गरेका थिए। सोही घटनालाई लिएर शुक्रबार बिहानैदेखि पुन: दुई समुदायबीच झडप भएको हो।
आज बिहानदेखि दुवै पक्षबीच ढुङ्गा हानाहान भइरहेको स्थानीयले बताएका छन्। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल तथा सशस्त्र प्रहरी बल नेपालका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको जानकारी दिए।
उनका अनुसार अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटना अत्यन्त दु:खद भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले दुई पक्षबीच वार्ताका लागि पहल भइरहेको बताए। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सबै पक्षसँग अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १४:२७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा अझै पनि वातावरणमा अन्योलता सिर्जना गर्ने प्रयास ...
फाल्गुन ८ गते, २०८२ - १४:२०
लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ ज...
फाल्गुन ८ गते, २०८२ - १४:१५
गण्डकी। प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेको छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालय...
फाल्गुन ८ गते, २०८२ - १४:०४
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएको छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी...
फाल्गुन ८ गते, २०८२ - १३:५६
बागलुङ। प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई र...
फाल्गुन ८ गते, २०८२ - १३:४६
मुस्ताङ। प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेको छन्। नेपाली सेनाको हेलिकोप्टरबाट...
फाल्गुन ८ गते, २०८२ - १३:२८
हुम्ला। चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएको छ । उम्मेदवार र...
फाल्गुन ८ गते, २०८२ - १३:१२
पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका ...
फाल्गुन ८ गते, २०८२ - १३:०२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूको अवलोकन गरेकी छन...
फाल्गुन ८ गते, २०८२ - १२:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्न तय गरिएको चुनावी सभा हालका लागि स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने...



प्रतिकृया लेख्नुहोस्: