काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ । यसबाट मुलुकमा कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ ।
गत आव २०८१/८२ सोही अवधिको तुलनामा यस वर्ष अदुवा निर्यात परिमाण झन्डै साढे तीन गुणा बढेको छ भने यसबाट हुने आम्दानी झन्डै दोब्बर वृद्धि भएको हो । गत वर्ष सात महिनामा नेपालबाट जम्मा २ हजार ७ सय १७ टन अदुवा मात्रै निर्यात भएको थियो, जसबाट देशले ३९ करोड ८४ लाख १९ हजारमात्र आम्दानी गरेको थियो ।
तथ्यांकलाई तुलनात्मक हेर्दा एक वर्ष अन्तरमा अदुवा निर्यातबाट हुने कुल आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको छ भने परिमाण झन्डै ६ हजार ९ सय ३९ टन बढेको छ ।
चालु आव नेपालबाट निर्यात भएको कुल अदुवामध्ये सबैभन्दा ठूलो हिस्सा ‘ताजा अदुवा’ को छ । यस अवधिमा ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यात भएको छ, जसबाट ५६ करोड ६५ लाख ४५ हजार आम्दानी भएको छ । जबकि, गत वर्ष सोही अवधिमा जम्मा २ हजार ४ सय ५३ टन ताजा अदुवा निर्यात गरी २८ करोड ४२ लाख रुपैयाँमात्र भित्रिएको थियो ।
ताजा अदुवाका साथै प्रशोधित अदुवा (सुठो र पिँधेको) निर्यातमा पनि उल्लेख्य सुधार आएको छ । यस वर्ष ७ महिनामा ३ सय २९ टन सुठो निर्यात हुँदा १७ करोड ८४ लाख ८७ हजार रुपैयाँ र अन्य प्रकारका पिँधेका वा प्रशोधन गरिएका १ सय ६६ टन अदुवा निर्यातबाट ३ करोड २८ लाख ८७ हजार भित्रिएको छ ।
गत वर्ष सोही अवधिमा २ सय ६३ टन सुठोमात्र निर्यात भएको थियो, जसको मूल्य ११ करोड ४१ लाख रुपैयाँ बराबर थियो ।
चालु आव नेपाली अदुवा भारत र बंगलादेश सहित युरोपको जर्मनी, खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियासम्म पुगेको छ । नेपाली अदुवाको सबैभन्दा ठूलो र परम्परागत बजार छिमेकी भारत नै रहेको छ । ७ महिना अवधिमा भारतमा मात्रै ८ हजार ९ सय ३७ टन ताजा अदुवा (५४ करोड ७१ लाख रुपैयाँ बराबर), १ सय ४४ टन सुठो (२ करोड ७५ लाख रुपैयाँ) र १ सय ६६ टन अन्य पिँधेको अदुवा (३ करोड २८ लाख रुपैयाँ) निर्यात भएको छ ।
भारतपछि ताजा अदुवाको दोस्रो ठूलो गन्तव्य बंगलादेश बनेको छ, जहाँ २ सय २४ टन ताजा अदुवा (१ करोड ९४ लाख रुपैयाँ) र १५ टन सुठो (१० लाख रुपैयाँ) निर्यात भएको छ । परिमाणका हिसाबले युरोपेली देश जर्मनीमा भारतमा भन्दा बढी सुठो निर्यात भएको छ र मूल्यका हिसाबले यो निकै फाइदाजनक देखिएको छ । यस अवधिमा जर्मनीमा १ सय ६४ टन सुठो निर्यात हुँदा १४ करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
त्यस्तै खाडी देश यूएईमा ५ टन सुठो निर्यात गरेर २४ लाख ७ हजार रुपैयाँ भित्र्याइएको छ भने अस्ट्रेलियामा पनि करिब १ सय १२ किलो (०.११ टन) पिँधेको अदुवा निर्यात भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: