Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ, हामी पहिलो काम शक्तिशाली आयोग गठन गर्छौ: गगन थापा

खबरडबली संवाददाता

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवासहित मन्त्री भइसकेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरिने बताए। उनले आफ्नै सम्पत्तिसमेत छानबिनको दायरामा ल्याइने उल्लेख गरे।

“देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। नेपाली कांग्रेसको सरकारले पहिलो काम शक्तिशाली आयोग गठन गर्नु हो। त्यो आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला छानबिन सुरु गर्छ,” थापाले भने, “आफ्नो बा भए पनि छोड्दैन। एउटा–एउटा कुराको छानबिन गर्छ, एउटा–एउटा काण्डको छानबिन गर्छ। भविष्यमा त्यस्तो कुनै पनि काण्ड हुन पनि दिँदैन।”

थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली र स्वतन्त्र आयोग गठन गरिने र विगतका सबै काण्डहरूको निष्पक्ष अनुसन्धान गरिने दाबी गरे। उनका अनुसार कांग्रेसको सरकार कानुनको दायराभित्र रहेर भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनेछ।

यसैगरी उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउने प्रतिबद्धता पनि जनाए।

“त्यसका लागि संस्था बनाउँछौं, कानुन बनाउँछौं। नेपाली कांग्रेसले संकल्प गरेर आएको छ—शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रूपान्तरण ल्याउँछौं। तर कसरीरु चाबुक चलाएर होइन, कसैलाई झुण्ड्याएर होइन, कसैलाई ठोकेर होइन। नियम र कानुनभित्र रहेर त्यो काम सकिन्छ,” उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मुस्ताङमा एक तिर्थालुको ज्यान गयो

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...

झापामा तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली सबै खतरामुक्त

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...

किसान मौर्यद्वारा आठसय क्विन्टल आलुको बिउ उत्पादन

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेको छन्।  गत वर्ष राष्ट्रप...

रास्वपा–राप्रपा नेताबीच भेटवार्ता, उपसभामुख निर्वाचनमा सहकार्यको संकेत

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार ...

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...

अबुधाबीमा ड्रोन अवशेष खस्दा ७ नेपाली घाइते, दूतावासद्वारा विवरण माग

काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending