भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क्षेत्रमा प्रमुख दलका प्रभावशाली उम्मेदवारहरू आमनेसामने हुँदा प्रतिस्पर्धा रोचक बनेको छ।
यो क्षेत्रमा उम्मेदवार बनेका प्रमुख अनुहारहरूमा नेपाली कांग्रेसका कविर राणा, एमालेकका महेश बस्नेत, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा दिपशिखा, राष्ट्रिय स्वतन्त्र पार्टीकका राजीव खत्री, उज्यालो नेपालका जितराम लाम र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा रहेेका छन्।
रामप्रसाद सापकोटा दिपशिखाको भूमिका
रामप्रसाद सापकोटा दिपशिखा तत्कालिन नेकपा माऔवादी जनयुद्वबाट खाारीएर आएका युवा नेता हुन् । उनी नेकपाकाे अगुवा नेताका रूपमा परिचित छन् । उनी क्षेत्रीय सञ्जाल बलियो बनाउन र स्थानीय तहका विभिन्न मुद्दामा सक्रिय रहँदै आएका छन् । भक्तपुर–२ मा उनी मुख्यत: वाम मत विभाजनको केन्द्रबिन्दुका रूपमा देखिन्छन्।
विश्लेषकहरूका अनुसार, सापकोटाले आफ्नो समर्थनकर्ता वर्गलाई उत्साहित गर्न सकेमा एमाले र कांग्रेसबीचको परम्परागत प्रतिस्पर्धामा अप्रत्यक्ष प्रभाव पार्न सक्छन् । विशेष गरी युवा मतदाता र वाम दलका असन्तुष्ट मतदाताको समर्थन उनलाई फाइदा दिलाउन सक्छ।
सापकोटाको रणनीति स्थानीय सामाजिक र विकासका मुद्दालाई प्राथमिकतामा राखेर मतदातासँग सीधा संवाद गर्नेमा केन्द्रित छ। यसले उनलाई परम्परागत दलको मत कटौती गर्ने सशक्त विकल्प बनाएको छ।
एमालेको परम्परागत पकड
भक्तपुर क्षेत्र विगतमा एमालेको बलियो आधार मानिँदै आएको छ । पूर्वमन्त्री महेश बस्नेत संगठनात्मक सञ्जाल र कार्यकर्ता आधारका कारण बलिया दाबेदारका रूपमा हेरिएका छन्। तर एमालेको स्थिर मत बैंक यथावत् रहे मात्र बस्नेतलाई फाइदा पुग्ने आकलन गरिएको छ।
भदाै २३ र २४ काे जेेनजी आन्दाेेलनका कारण एमालेकै कतिपय नेता कारर्यकर्ता उनीसँग रुष्ट भएका कारण यााे निर्वाचनमा बस्नेतलााई सहज नरहेकाे बताइन्छ ।
कांग्रेसको चुनौती
कांग्रेसका कविर राणाले परम्परागत लोकतान्त्रिक मत एकताबद्ध गर्न सके प्रतिस्पर्धा कडा बनाउन सक्छन् । वाम मत विभाजनको अवस्था आए कांग्रेसलाई अप्रत्यक्ष लाभ पुग्ने सम्भावना विश्लेषकहरूले औंल्याउँछन्।
तेस्रो शक्तिको प्रभाव
राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले वैकल्पिक राजनीतिक धारको मत आकर्षित गर्ने प्रयास गरिरहेका छन्। परम्परागत दलप्रति असन्तुष्ट युवा र शहरी मतदाता सक्रिय भएमा परिणाममा प्रभाव पार्न सक्छ।
त्यस्तै, रामप्रसाद सापकोटा र अन्य साना दलका उम्मेदवारहरूले मत विभाजनमा भूमिका खेल्न सक्छन्।
निर्णायक के हुनेछ?
भक्तपुर–२ मा यसपटक त्रिकोणात्मकभन्दा पनि बहुकोणीय प्रतिस्पर्धा देखिन्छ।
एमालेको संगठन बल, कांग्रेसको मत एकीकरण क्षमता, रास्वपाको असन्तुष्ट मत तान्ने शक्ति, वाम मतको विभाजन यी सबै तत्वले अन्तिम परिणाम निर्धारण गर्नेछन्।
अहिलेसम्मको माहोल हेर्दा मुख्य प्रतिस्पर्धा एमाले-कांग्रेसबीच देखिए पनि तेस्राे चााैथाे शक्तिको मत कटौतीले बाजी उल्टिन सक्ने सम्भावना नकार्न सकिँदैन । अन्ततः मतदाताको उपस्थिती र अन्तिम घडीको रणनीतिले नै तय गर्ने हुँदा भक्तपुर–२ मा काे दाउ कसकाे हातमा पर्नेे हहाेे आँकलन गर्न मुस्कील भएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: