दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेको छन् ।
राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसन’ सुरु गरेको बताए।
उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे। यसैबिच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएको थिएनन् ।
आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचना लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।
तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडक बन्द गरिएका छन् भने राजधानी भर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ ।
छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ । इजरायल भर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालले आकस्मिक प्रोटोकल लागु गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् ।
इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ । इरानले तत्काल प्रति आक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्र भर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारी सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएको छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटना क्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - १५:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीलाई नयाँ स्नाइपर राइफल उपहार ...
फाल्गुन १६ गते, २०८२ - १५:०५
सुर्खेत। नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभ...
फाल्गुन १६ गते, २०८२ - १४:५८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा...
फाल्गुन १६ गते, २०८२ - १४:४१
दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन...
फाल्गुन १६ गते, २०८२ - १४:३०
बैतडी। ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ। मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुन...
फाल्गुन १६ गते, २०८२ - १४:१३
काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको...
फाल्गुन १६ गते, २०८२ - १४:०६
हुम्ला। गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लाग...
फाल्गुन १६ गते, २०८२ - १४:००
इस्लामाबाद। अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ...
फाल्गुन १६ गते, २०८२ - १३:३०
गुल्मी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन्। गु...
फाल्गुन १६ गते, २०८२ - १२:५१
सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेको छ । ...



प्रतिकृया लेख्नुहोस्: