सुर्खेत। नेकपा (एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनको बिबिसीको डकुमेन्ट्री मतदाताको मनोविज्ञान प्रभावित पार्ने उद्देश्यले सार्वजनिक गरिएको आरोप लगाएको छन्।
उनले उक्त डकुेन्ट्री निर्वाचन हुने दिनको मुखमा सार्वजनिक गर्नुले मतदातालाई प्रभावित पार्ने उद्देश्यले ल्याइएको हुँदा यस्ता गतिविधि रोक्न सुझाव दिए। प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बिबिसीको डकुमेन्ट्री सार्वजनिक गरिनु, मिडियामा मत सर्वेक्षण गर्नुले मतदातालाई प्रभावित पार्न खोजिएको र उनीहरूको छनोटको अधिकारलाई पनि बञ्चित बनाउन खोजिएको टिप्पणी गरे।
नेकपा ९एमाले० सँधै स्वतन्त्र प्रेसको सम्मान गर्ने भन्दै उनले पछिल्ला गतिविधिले मतदातालाई प्रभावित बनाउन खोजिएकोमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे। उहाँले यस पटकको निर्वाचनमा नेकपा ९एमाले० ले लोकप्रिय मत प्राप्त गरी सरकारको नेतृत्व गर्ने दाबी गर्दै पार्टीले कहीं कतै गठबन्धन नगरेको स्पष्ट पारे ।
जेनजी पुस्ताको आवाजलाई पनि पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा सम्बोधन गरेको हुँदा यो चुनावलाई पार्टीले देश बचाउने र देश जलाउने बिचको लडाइँ भएको टिप्पणी गरे। जेजनी पुस्ताको आवाज जायज भएको तर आन्दोलनको नाममा भएको क्षति र विध्वंशको उनले कडा शब्दमा आपत्ति जनाए ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रका साथै देशभर एमालेले विजयी हासिल गर्ने र एमालेको पक्षमा माहोल बनिरहेको दाबी उनले गरे । निर्वाचनका लागि पार्टीका १४ लाख बढी नेता कार्यकर्ताहरू अहिले खटिएको हुँदा आगामी सरकारको नेतृत्व एमालेले नै गर्ने उनको भनाइ छ ।
पार्टीले आफ्नो प्रतिबद्धता पत्रमा युवाको आवाज सम्बोधन गरेको, प्रविधि, उद्यमशीलता, सामाजिक सुरक्षा, रोजगारी र विकासलाई प्राथमिकता दिएको हुँदा एमालेले सवैको आवाज बोकेको जिकिर उनले गरे। फागुन २१ गतेको निर्वाचनलाई शान्ति सुरक्षा र भयमुक्त वातावरणमा बनाउनुपर्ने सुझाव दिँदै उनले अझै पनि केही शंसय बाँकी रहेको बताए।
एमाले सधैं संविधान, कानुनी शासन र लोकतन्त्रप्रति प्रतिबद्ध भएको हुँदा निर्वाचनलाई प्रभावित हुने गतिविधिहरू कसैले नगर्न आह्वान गरे। नेकपा ९एमाले० सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले पछिल्लो समय वीरेन्द्रनगर नगरपालिका–१० मा मतदातालाई प्रभावित पार्न पाइप बाँडिएको आरोपको खण्डन गर्दै पार्टीले त्यस्ता गतिविधि नगरेको प्रष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: