काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकपछि यस्तो धारणा सार्वजनिक गरिएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद महेन्द्रबहादुर शाहीले सरकार विधि, प्रक्रिया र कानुनसम्मत ढंगले अघि बढ्नुपर्ने बताए। “सरकारले आग्रह र पूर्वाग्रहका आधारमा काम गर्नु हुँदैन। जहाँ पूर्वाग्रह र प्रतिशोधका आधारमा छानबिन हुन्छ, त्यस्तो दिशामा सरकार अघि बढे देश फेरि दुर्घटनातर्फ जान सक्छ,” उनले भने।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा नेकपाको स्पष्ट समर्थन रहेको पनि बताए। २०४८ सालदेखि राज्यका विभिन्न निकायमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सरकारी निर्णयमा पार्टीले सहयोग गर्ने उनको भनाइ छ।
“जहाँ–जहाँ प्रश्न उठेका छन्, ती सबै विषयमा छानबिन हुनुपर्छ। प्रधानमन्त्री, सरकारी कर्मचारी तथा राज्यका अन्य निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा जाँच हुनुपर्छ भन्ने हाम्रो धारणा हो,” शाहीले भने।
उनका अनुसार, पार्टीका संयोजक प्रचण्डले पनि यस विषयलाई पटक–पटक उठाउँदै आएका छन्। “प्रचण्ड प्रधानमन्त्री हुँदा पनि संसद्को रोष्ट्रमबाट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा बारम्बार उठाउनुभएको थियो,” उनले स्मरण गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: