काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ।
बैंकले झापाको बिर्तामोडस्थित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बेड उपलब्ध गराएको छ भने बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचीनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।
ज्येष्ठ २१ गते आयोजित कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा बिर्तामोड सर्कल हेड डेन राज सुब्बा ले ‘हाम्रो साझा घर’की अध्यक्ष विष्णु दिदी कार्की लाई बेड हस्तान्तरण गर्नुभएको थियो। उक्त संस्थाले हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई आश्रय प्रदान गर्दै आएको छ।
त्यसैगरी, ज्येष्ठ २२ गते सम्पन्न कार्यक्रममा वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदी ले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकार लाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरे ।
सोही दिन आयोजित अर्को कार्यक्रममा प्रकाश श्रेष्ठ र डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराई लाई स्मार्ट बोर्ड तथा ल्यापटप प्रदान गरिएकाे बैंकले जनाएको छ।
बैंकका अनुसार श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी तथा श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयलाई उपलब्ध गराइएका डिजिटल शैक्षिक सामग्रीले प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्नुका साथै विद्यार्थीको सहभागिता र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, ‘हाम्रो साझा घर’लाई प्रदान गरिएको सहयोगले त्यहाँ आश्रित असहाय, अशक्त तथा ज्येष्ठ नागरिकको दैनिक जीवनलाई थप सहज र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावल ले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, सामाजिक सेवा तथा समुदायको समग्र विकासमा बैंकले निरन्तर योगदान पुर्याउँदै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...
जेष्ठ २२ गते, २०८३ - २०:१३
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...
जेष्ठ २२ गते, २०८३ - २०:०९
काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...
जेष्ठ २२ गते, २०८३ - २०:०२
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...
जेष्ठ २२ गते, २०८३ - २०:००
काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ । प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...
जेष्ठ २२ गते, २०८३ - १९:५४
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...
जेष्ठ २२ गते, २०८३ - १९:३७
गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...



प्रतिकृया लेख्नुहोस्: