Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

खबरडबली संवाददाता

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीका अनुसार उक्त प्याकेज जडान गर्दा सामान्यतया लाग्ने दुई हजार ८२५ रुपैयाँ बराबरको वाईफाई ६ ओएनयू जडान शुल्क छुट दिइनेछ। ग्राहकले केवल एक हजार रुपैयाँ डिपोजिट तिरेर सेवा जडान गर्न सक्नेछन्।

यस प्याकेजसँगै ग्राहकले मासिक २५० रुपैयाँ (करसहित) थप गरी भायाटिभी सेवा पनि लिन सक्नेछन्। भायाटिभीमार्फत २०० भन्दा बढी टेलिभिजन च्यानल, लाइभ टिभी रोक्ने तथा पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिजलगायतका मनोरञ्जन सामग्री हेर्न सकिने कम्पनीले जनाएको छ।

वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको दुई हजार २६० रुपैयाँ बराबरको सक्रियता शुल्क पनि छुट दिइनेछ। सेट–टप–बक्सका लागि भने एक हजार रुपैयाँ डिपोजिट बुझाउनुपर्नेछ।

कम्पनीले ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्यले डामी एप सँग सहकार्य गरेको जनाएको छ। वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले एक वर्षका लागि एक हजार ५०० रुपैयाँ बराबरको डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन्।

डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसललगायत विभिन्न व्यवसायिक प्रतिष्ठानमा छुट सुविधा प्राप्त गर्न सकिनेछ। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

विश्वकप २०२६ हेर्न विशेष कुपन

भायाटिभी प्रयोगकर्ताले आगामी FIFA World Cup 2026 का खेलहरू हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन्।

नेपालमा विश्वकप प्रसारण अधिकार हिमालय टेलिभिजन सँग रहेको छ। कम्पनीले तोकेको शुल्कअनुसार ग्राहकले प्रतिटिभी ९९९ रुपैयाँ तिरेर कुपन खरिद गर्न सक्नेछन्। त्यसपछि भायाटिभीको हिमालय स्पोर्ट्स च्यानलमार्फत विश्वकपका खेल प्रत्यक्ष हेर्न सकिनेछ।

कुपन खरिदका लागि ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न सकिनेछ। साथै, हिमालय स्पोर्ट्स च्यानलमा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

भुक्तानी सम्पन्न भएपछि ग्राहकले आफ्नो भायाटिभीमा कुपन सक्रिय गरी खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। कम्पनीका अनुसार एउटा कुपन एकवटा टेलिभिजनमा मात्र प्रयोग गर्न सकिनेछ र सक्रिय गरिसकेपछि अर्को टेलिभिजनमा सार्न नमिल्ने व्यवस्था रहेको छ।

कम्पनीले “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने सन्देशसहित यो योजना सार्वजनिक गरेको हो। थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा केन्द्र वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending