काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेर उक्त रकम बजारबाट खिच्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज (चैत २२) दिउँसो ३ः०० बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत हुनेछ। संकलित निक्षेपको निष्कासन आजै गरिनेछ भने सावाँ तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते हुनेछ।
यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (४० अर्ब) सम्म आवेदन दिन सक्नेछन्।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। बहु–ब्याजदरमा पनि प्रस्ताव गर्न सकिने र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढीको आवेदन परेमा समानुपातिक आधारमा बाँडफाँड गरिने व्यवस्था छ।
उक्त निक्षेप रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, निक्षेप उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था छ। अवधि समाप्त हुनुअघि भुक्तानी नहुने स्पष्ट गरिएको छ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्दै आएको छ। यसअघि एक वर्ष अवधिको ऋणपत्र जारी गरेर २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। ब्याजदर करिडोरको तल्लो सीमाअन्तर्गत स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइएको छ।
राष्ट्र बैंकको १९ चैतको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहे पनि केन्द्रीय बैंकले हालसम्म खिचेको रकम ९ खर्ब १८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: