रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताएको छन् । रुपन्देहीको योगीकुटीस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाले इतिहासदेखि नै अराजनीतिक चरित्रलाई कायम राख्दै आएको चर्चा गर्दै अनुशासन, ‘चेन अफ कमान्ड’ तथा राष्ट्रिय एकताको भावनालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा अविच्छिन्न केन्द्रित गरिने प्रतिबद्धता जनाए। उनले भने, “हाम्रा वीर पुर्खाहरूले पुर्याएको त्याग, तपस्या, बलिदान तथा कर्तव्यपरायणतालाई अटल राख्दै राष्ट्रभक्तिको जीवन्त इतिहास कायम राख्न नेपाली सेना सधैँ तटस्थ र अराजनीतिक भूमिका निर्वाह गर्न प्रतिबद्ध छ ।”
मुलुकको सार्वभौमिकताको रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाले नेपाली सेना स्वदेश तथा विदेशमा समेत विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित भएको उनको भनाइ थियो । उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न बहालवाला तथा अवकाशप्राप्त सैनिकहरूले देखाएको उच्च कार्यकुशलताको प्रशंसा गरे।
सैनिक कल्याणकारी कोष निर्देशनालयद्वारा आयोजित सम्मेलनमा प्रधानसेनापति सिग्देलले बहालवाला र अवकाशप्राप्त सैनिकहरूलाई एउटै छाताभित्र ल्याउने उद्देश्यले कल्याणकारी कार्यक्रमलाई हरेक स्थानीय तह र वडासम्म पुर्याउन तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए। उनले ‘बहुजन हिताय, बहुजन सुखाय’ को मर्मलाई मनन गरी स्वास्थ्य, शिक्षा, सिप र स्वरोजगारमूलक कार्यक्रमलाई परिणाममुखी बनाइने बताए।
सैनिक कल्याणकारी कोष निर्देशनालयका कार्यकारी अधिकृत हिरालाल जोशीले सामूहिक भावना अभिवृद्धि गरी कल्याणकारी कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरिने बताए। सो अवसरमा कोषमार्फत उत्कृष्ट व्यवसाय सञ्चालन गरिरहेका सैनिक परिवारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने वृद्ध एवं अशक्तलाई ह्विल चियर वितरण गरिएको थियो ।
वि।सं। २०७० देखि सुरु भएको ‘भूपू सैनिक सम्मेलन’ यस वर्ष ‘प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका साथ तीनवटा पृतना मातहतका ३४ जिल्लामा आयोजना गरिएको छ । पहिलो चरणमा मध्यपश्चिम पृतनाअन्तर्गतका १३ जिल्लाका करिब ६ हजार ४०० भूपू सैनिकको सहभागिता रहेको थियो । दोस्रो चरणको सम्मेलन चैत २५ गते तनहुँको खैरेनीटारमा र तेस्रो चरणको सम्मेलन आगामी वैशाख ४ गते बर्दिबासमा सम्पन्न हुने सैनिक मुख्यालय जङ्गीअड्डाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: