गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गर्दै नापजाँच र अनुगमनलाई तीव्र बनाएका छन् ।
सबैभन्दा अघि पालुङटार नगरपालिकाले १५ दिने अल्टिमेटम जारी गर्दै सार्वजनिक, ऐलानी, पर्ती तथा नदी–खोलाको बहाव क्षेत्रभित्र बनाइएका संरचना हटाउन चेतावनी दिएको छ । नगरपालिकाले अहिले विभिन्न वडामा नापजाँचसमेत सुरु गरिसकेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार वडा नम्बर ५ को राधाकृष्ण चोकस्थित चारकुने र वडा नम्बर ७ को विरुवाटार क्षेत्रमा नापजाँच भइसकेको छ भने अन्य वडामा पनि क्रमशः काम अघि बढाइनेछ ।
नगरपालिकाले अनुमति बिना सार्वजनिक जग्गामा बनाइएका घरटहरा तथा अन्य संरचना आफैँ हटाउन आग्रह गरेको छ । तोकिएको समयभित्र संरचना नहटाइए नगरपालिका आफैँले हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।
यता शहीद लखन गाउँपालिकाले पनि ३५ दिने सूचना जारी गर्दै सरकारी जग्गामा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरका अनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक भने छुट्टै संकलन गरिएको छ ।
उनले पालिकाभित्र २९७ अव्यवस्थित बसोबासी, १० भूमिहीन दलित र ९ भूमिहीन सुकुम्बासी रहेको जानकारी दिँदै उनीहरूको विवरण राष्ट्रिय भूमि आयोगमा पठाइसकिएको बताए ।
आरुघाट गाउँपालिकाले पनि सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने तयारी थालेको छ । गाउँपालिकाले सबै वडालाई विवरण संकलन गर्न पत्राचार गरिसकेको जनाएको छ ।
गोरखा नगरपालिकाले समेत केही दिनभित्र कार्यपालिका बैठकबाट निर्णय गरेर सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालका अनुसार वडा–वडाबाट अतिक्रमणको विवरण संकलन भइरहेको छ ।
स्थानीय तहहरूले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिएको बताइरहेका छन् । तर, कतिपय स्थानमा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिक भने त्रासमा छन् । देशका अन्य जिल्लाजस्तै गोरखामा पनि अब ‘सार्वजनिक जग्गा खाली गराउने अभियान’ थप चर्किने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: