दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका हुमबहादुर केसीले लगाएको चार बिघामध्ये दुई बिघा क्षेत्रफलमा रहेका केराका बोट ढलेर नष्ट भएका हुन् ।
फल लागेर बिक्रीका लागि तयार हुँदै गरेका तथा भर्खरै पसाउन थालेका ४१३ वटा केराका बोट हावाहुरीले ढालेपछि क्षति पुगेको किसान केसीले बताए । उनका अनुसार करिब दुई लाख ८५ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ ।
‘एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी हापुर रतनपुरस्थित माध्यमिक विद्यालय हापुरको १० बिघा जग्गा भाडामा लिएर विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका केसीले साना बोटमा कम असर परेको भए पनि ठूला तथा पसाउने तयारीमा रहेका धेरै बोट ढलेको बताए ।
उनका अनुसार साना बिरुवा रहेको क्षेत्रमा आंशिक क्षति भए पनि ठुला बिरुवा भएको क्षेत्रमा पूर्ण क्षति पुगेको छ ।
प्यूठानको ऐरावती गाउँपालिका–२ निवासी केसीले विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । भाडामा लिएको १० बिघा जग्गामध्ये हाल चार बिघामा केराखेती गरिएको र बाँकी जग्गामा मौसमअनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाइने गरेको उनले बताए ।
फर्ममा उत्पादन भएका केरा गाउँघरका साथै घोराही बजारमा बिक्री गर्दै आएको र मासिक ४० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । व्यावसायिक केराखेतीसँगै कुखुरापालनसमेत गर्दै आएका केसीले स्थानीय चार जनालाई रोजगारी पनि दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: